coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फिदिममा सुविधा सम्पन्न रंगशाला बनाइँदै

पाँचथर सदरमुकाम फिदिममा रहेको खेलमैदान । तस्बिर: गिरिराज बाँस्कोटा/ नागरिक

सदमरमुकाममा फिदिम माध्यमिक विद्यालयको स्वामीत्वमा रहेको खेलमैदानलाई सुविधा सम्पन्न रंगशाला बनाईने भएको छ । रंगशाला बनाउन राष्ट्रिय खेलकुद परिषदले ठेक्का सम्झौता गराईसकेको छ । स्तरीय फुटबल खेलमैदान, प्याराफिटसहित व्यापारीक प्रयोजनका लागि सटर बनाउने गरी ठेक्का लगाइएको हो । खेलमैदानको एकतर्फ भत्किएपछि पछिल्ला वर्षमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता फूटबल प्रतियोगिता रोकिएका छन् । फिदिम रंगशाला को नाममा निर्माणका लागि ठेक्का सम्झौता भईसकेकाले अब काम अघि बढ्ने जानकारी दिइएको छ ।

रंगशाला निर्माणको कामको भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्त कुमार नेम्बाङले शिलान्यस गरेका छन् । यो रंगशाला बनेपछि पाँचथरको फुटबलको विकासमा योगदान पुग्ने मन्त्री नेम्बाङको भनाइ छ ।  

रंगशाला निर्माणका लागि ठेक्का लागेकाले चाडै काम अघि बढ्ने नेपाल खेलकुद परिषदले जानकारी दिएको छ । १५ करोड ६६ लाखको इस्टिमेट गरिएको रंगशाला निर्माणको काम १० करोड ६३ लाख ५७ हजारमा ठेक्का लागेको खेलकुद परिषदका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिएका छन् । १७ महिनामा काम सम्पन्न गर्ने गरी माघ–२५ गते ठेक्का सम्झौता भएको उनले बताए । पिएस÷किरातेश्वर÷मैनाचुली जेभीले ठेक्का पाएको हो ।  

खेलमैदानको सडक तर्फ व्यवसायीक प्रयोजनका लागि सटर बन्ने छन् । बजार क्षेत्र भित्र रहेको । एकमात्र खेलमैदान भएकाले पनि यसलाई महत्वका साथ हेरिएको छ । खेलकुद गतिविधि, सास्कृति कार्यक्रम, सभा समारोह गर्ने ठाँउको रुपमा रहेको छ । खेलमैदानको व्यवस्थित रंगशाला बनेपछि खेलकुद गतिविधि बढ्ने तथा खेलाडीले अभ्यास गर्न पाउने अपेक्षा रहेको पाईन्छ ।  

नौ जना फुटवल खेल्न मिल्ने ग्राउण्ड बनाउनलाई ठेक्का लागेको हो । खेलमैदान आसपामास रहको नीजि जग्गा प्राप्त भयो भने ११ जना खेल्न मिल्ने गरी बनाउन सकिने बताइएको छ । ‘लामो समयदेखि व्यवस्थीत रंगशाला बनाउन माग गरीरहेका थियौँ । अब यो रंगशाला समयमा निर्माण सम्पन्न भयो भने फुटबल गतिविधि सञ्चालन गर्न सजिलो हुने अपेक्षा छ’ फिदिम स्र्पोटिङ क्लबका अध्यक्ष विमल श्रेष्ठ भन्छन् ‘खेलमैदानको अभावका कारण सदरमुकाममा खेलकुद गतिविधि सञ्चालन गर्न अवरोध पुगेको छ । पूर्वको चर्चित फाल्गुनन्द गोल्डकप फूटवल प्रतियोगिता सञ्चालन गर्न सकिएको छैन् ।’

निर्धारीत समयमा रंगशाला निर्माणको काम सम्पन्न हुन सके जिल्लाको फूटवल खेलको विकासमा केहि सहयोग पुग्ने देखिन्छ ।  खेलाडीलाई तालिम, प्रतियोगिता सञ्चालन गर्नलाई अभाव भईरहदा रंगशाला निर्माणको ठेक्का लाग्नु खुसिको कुरा भएको फुटवल संघ पाँचथरका अध्यक्ष सुजन नेम्बाङले बताए । ११ साईडको खेलमैदान बनाउनका लागि सरकारी निकायले विशेष पहल गर्नु आवश्यक रहेको उनको भनाई रहेको छ ।

प्रकाशित: ५ फाल्गुन २०७७ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App