९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

रुटको दोहोरो शतक

जोए रुट सयौं टेस्ट करियरमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेको दिन इङ्ल्यान्डले भारतविरुद्धको टेस्ट शृंखलाको पहिलो टेस्टमा शनिबार ५ सय ५५ रनको योगफल बनाएको छ।

चेन्नईमा जारी ओभर नाइट क्रिकेटमा १ सय २८ रनबाट दिनको सुरुआत गरेका कप्तान रुटले फाइनल सेसनमा आउट हुनुअघि ठूलो सट खेल्दै व्यक्तिगत दुई सय रनको आकडा पार गरेका थिए। साँझको सेसनमा भारतीय बलरले चार विकेट निकाल्दै पाहुना टोलीमाथि दबाब बनाउने प्रयास गरे पनि सफल हुन सकेनन् र इङ्ल्यान्डले ५ सय ५५ रन बनाउँदा दोस्रो दिनको खेल सकिएको थियो। डोम बेस २८ रन र ज्याक लिच ६ रनमा ब्याटिङ गरिरहेका छन्।  

रुटले ३ सय ७७ बल सामना गर्र्दै भारतीय स्पिनरलाई सहजै खेले र गत महिना श्रीलंकाविरुद्ध खेलेको विजयी इनिङतर्पm अग्रसर भए। यससँगै रुटले टेस्ट करियरको पाँचौं दोहोरो शतक प्रहार गरे। बेन स्टोक्सले ८२ र वेल्ली पोपले ३४ रन बनाए। ५०औं टेस्ट खेलिरहेका जस बट्लर ३२ रनमा आउट हुँदा जोफ्रा आर्चरले खातै खोल्न सकेनन्। यी दुवैलाई ईशान्त शर्माले आउट गर्दै ९८औं टेस्ट करियरमा २९९औं विकेटको आँकडा बनाए। शुक्रबार इङ्ल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि भारतका बलर जसप्रीत बुमराह, आश्विन र साहबाज नदिमले समान २/२ विकेट लिएका छन्। भारतले पाहुना टोली इङ्ल्यान्डविरुद्ध चार खेलको टेस्ट शृंखला खेल्नेछ।

प्रकाशित: २५ माघ २०७७ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App