coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेट: पुलिस सेमिफाइनल पुग्ने अन्तिम टोली

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। सोमबार भएको समूहचरणअन्तर्गत अन्तिम खेलमा नेपाल पुलिसले प्रदेश–२ माथि ४ विकेटको जित हात पार्दै समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिमा ४ मा स्थान पक्का गरेको हो।

यता समूह ‘ए’ बाट यसअघि एपिएफ र त्रिभुवन आर्मी क्लब एवं समूह ‘बी’ बाट विजेताका रूपमा बाग्मती प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका थिए। सेमिफाइनलमा समूह ‘ए’ को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता पुलिसको सामना गर्नेछ भने समूह ‘बी’ को विजेता बाग्मतीले आर्मीको सामना गर्नेछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको समूह ‘ए’ को खेलमा आर्मीमाथि एपिएफले ६ रनको जित हासिल गर्दै समूहविजेता बनेको हो। शीर्ष स्थानको एपिएफको ४ खेलबाट ८ अंक छ भने दोस्रो स्थानको आर्मीको समान खेलबाट ६ अंक छ। त्यस्तै कर्णाली, प्रदेश–१ र गण्डकीको समान २ अंक छ।

एपिएफले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३४ रन मात्र जोड्न सक्यो। मूलपानी क्रिकेट मैदानमा प्रदेश–२ ले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो।

प्रकाशित: १३ माघ २०७७ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App