८ वैशाख २०८१ शनिबार
खेल

अच्युत र करिशालाई क्रस दुवाथलन–२ को उपाधि

क्रस दुवाथोलन उपाधि विजेता खरेल र महर्जन । तस्बिरः नागरिक

क्रस दुवाथोलनको दोस्रो संस्करणको उपाधि अच्युतकृष्ण खरेल र करिशा महर्जनले जितेका छन् । नेपाल ट्रायथोलन संघको आयोजना तथा जम्पनेशनको संयुक्त आयोजनमा शनिबार भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणको उपाधि खरेल र महर्जनले जितेका हुन् ।  

ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनेट २७ सेकेन्डमा पुरा गर्दै खरेलले उपाधि आफनो नाममा लेखाउँदा ४५ मिनेट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनेट २१ सेकेन्डका साथ शुसिम चित्रकार तेश्रो भए ।  

खरेलले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको दुईहजार बराबरको भौचर र प्याङक बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ भौचर प्राप्त गरे । क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङक बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्याङ बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरेका छन् ।  

च्याम्पियनसिपको महिलातर्पm एकमात्र प्रतिस्पर्धी करिशाले १ घण्टा ८ मिनेट ३० सेकेन्डका साथ बिजय हात पारिन् । उनले काठमाडौं गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्यांक बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ प्राप्त गरिन् । प्रत्येक बिजयी खेलाडीहरुले आयोजक जम्प नेशनको तर्फबाट प्रदान गरिएको ब्याग प्राप्त गरे ।

पुरुषतर्फ दोश्रो हुने खेलाडीले २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ र १.३ कि.मि.दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई किर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जन, किर्तिपुरका डिएसपी रुकेश तण्डुकार, वडा नं. ६ का अध्यक्ष, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

सिरिजको पहिलो संस्करण काठमाडौंको उत्तरभेगिय प्राचिन सहर टोखामा सम्पन्न भएको थियो । प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुनेछ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ किर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्तामा सिरिज आयोजना हुने नेपाल ट्रायथोलन संघले जनाएको छ ।

प्रकाशित: १० माघ २०७७ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App