८ वैशाख २०८१ शनिबार
खेल

दुवाथोलन सिरिजको दोश्रो संस्करण किर्तिपुरमा

फाइनल पोखरामा गर्ने तयारी

दुईसाता अघि काठमाडौंमा क्रस दुवाथोलनको सिरिज शुरु गरिएको थियो । सिरिजको दोस्रो संस्करणको क्रस दुवाथोलन शनिबार ऐतिहासिक शहर किर्तिपुरमा आयोजना गरिने छ । नेपाल ट्रायथोलन संघको आयोजनामा दुईसाता अघि काठमाडौंकै टोखामा गरिएको थियो ।

दुवाथोलनको अन्तिम संस्करण एवं फाईनल भने पोखरामा आयोजना गर्न सम्भावना रहेको आयोजकले बताएको छ । पोखरामा दुवाथोलनको फाईनल तथा ट्रायथोलन दुवै संस्करण आगामी बैशाखमा आयोजना गर्ने आन्तरिक तयारी ट्रायथोलन संघले गरेको छ । क्रस दुवाथोलनमा २.५ किलोमिटर दौड, १० किलोमिटर साईक्लिङ र १.५ दौड हुनेछ ।  

नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोश्रो संस्करण माघ १० गते शनिबार काठमाण्डौको प्राचिन ऐतिहासिक सहर किर्तिपुरको जखामा गरिने निर्णय गरिएको छ । स्थानीयस्तरमा स्थानीय संस्थाहरुसँग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य रहेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जनाए ।  

सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगीय प्राचिन शहर टोखामा सम्पन्न भईसकेको छ । प्रत्येक दुई हप्तमा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना गरिने निर्णय संघले गरेको छ । यसैगरी चौथो संस्करण टोखा, पाँचौ चोभारमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना गरिने तयारी समेत संघले गरेको छ ।  

‘सिरिजको उद्धेश्य प्रतियोगिता मात्र नभई नव प्रतिभाहरुको खोजी, खेल समूदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको बिकास गर्दै राज्यलाई आर्थिक टेवा पु¥याउने रहेको छ,’ संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । कोभिड १९ बाट विश्व नै अक्रान्त भईरहेको अवस्थामा सुस्ताएको खेल क्षेत्रलाई व्युझाउँदै स्वस्थ्य र रोग प्रतिरोध क्षमता अभिबृद्धि गर्न सिरिजले सहयोग पुग्ने नेपाल ट्रायथोलन संघका महासचिव युवराज सुनुवारले बताए । नेपाल ट्राईयाथलन संघ र जम्प नेशनविच एकवर्षसम्म संघले आयोजना गर्ने प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी लिने गरि सहकार्यको सम्झौता भईसकेको छ ।

प्रकाशित: ८ माघ २०७७ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App