coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

‘पोखरा स्पोर्टस् अवार्ड’ बैशाखमा

खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाखमा गण्डकी प्रदेशस्तरीय ‘पोखरा स्पोर्टस अवार्ड’ गर्ने निर्णय गरेको छ । कोभिड–१९ ले यो वर्ष खेलका प्रतियोगिता हुनै नसक्दा मञ्चले वर्ष २०७६÷०७७ मा एकैसाथ पाँचौ संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस अवार्ड गर्ने निर्णय गरेको हो । पुस अन्तिम साता केन्द्रीय मन्ञ्चले पल्सर स्पोर्टस अवार्ड सम्पन्न गरेको थियो ।  

यो वर्षको पुरस्कार विशेष गरी गत वर्ष नेपालमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा खेलाडीको प्रदर्शनलाई आधार मानेर प्रदान गरिने खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । मञ्चले विगतका वर्षमा कास्की जिल्लाका खेलाडीलाई मात्रै वर्ष खेलाडी पुरस्कार प्रदान गर्दै आएको थियो ।  

बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुँदै आएको सो कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिने मञ्चले जनाएको छ ।  

पहिलो वर्ष खेलाडी पुरस्कार महिला तर्फ मन्जु गुरुङ(भलिबल) र पुरुष तर्फ हेमन्त गुरुङ(फुटबल) प्राप्त गरेका थिए । दोस्रोमा अरुण शाही(भलिबल) र कुमार अधिकारी(लनटेनिस)ले अवार्ड हात पारेका थिए । तेस्रो संस्करणमा विमला नेपाली(सितेरियो कराँते) र पुरुष तर्फ कमल भण्डारी(शारीरिक सुगठन)ले पाएका थिए । चौथो संस्करणको पुरस्कार भने सुष्मी श्रेष्ठ(क्योकुशिन कान कराँते) र पुरुष तर्फ युकेश गुरुङ(प्याराग्लाईडिङ)ले प्राप्त गरेका थिए ।  

मञ्चको १८ औं बैठकले आगामी बैशाखमा अवार्ड वितरण गर्ने निर्णय गर्दै अध्यक्ष गिरीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति, विभिन्न उपसमिति, खेलाडी मनोनयन समिति र पत्रकारतर्फ प्रतिभा छनोट समितिलाई जिम्मेवारी दिइएको छ मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित सल्लाहकार उपसमिति सदस्यमा कृष्णप्रसाद बास्तोला, नारायण कार्की, पुण्य पौडेल, बद्रीविनोद प्रतीक, रमेश पौडेल, त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, केशवशरण लामिछाने, माधव बराल, नवीन सिग्देल र दुर्गा अधिकारी छन् । समितिमा पत्रकार महासंघ गण्डकी प्रदेश क्षेत्रका ११ वटै जिल्लाका महासंघ अध्यक्ष, विभिन्न खेलसम्बद्ध संघका अध्यक्ष समेत सदस्य छन् ।

वर्ष उत्कृष्ट पत्रकारिता अवार्डका लागि प्रतिभा छनोट संयोजकमा दीपेन्द्र श्रेष्ठ, त्रिभुवन पौडेल, विनोद लामिछाने, पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव छन् । खेलाडी मनोनयनतर्फ रामकृष्ण ज्ञवाली, केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ र सुदर्शन रञ्जित तथा पदेन सदस्यमा मञ्च अध्यक्ष र महासचिव रहेको छनोट समिति गठन गरिएको छ ।

प्रकाशित: ६ माघ २०७७ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App