८ वैशाख २०८१ शनिबार
खेल

भारत र अस्ट्रेलिया टेष्ट शृंखला: रोमाञ्चक मोडमा अन्तिम टेस्ट

मोहम्मद सिराजले आफ्नो टेस्ट करियरको तेस्रो खेलमै पाँच विकेट लिँदा भारतले चौथो टेस्टमा सोमबार नै घरेलु टोली अस्ट्रेलियालाई २ सय ९४ रनमै अलआउट गरेपछि चार खेलको टेस्ट शृंखला रोमाञ्चक मोडमा पुगेको छ। शृंखला १–१ को अवस्थामा रहेकाले दुवै टोली ब्रिसबेनमा जारी चौथो टेस्ट आफ्नो बनाउँदै बोर्डर–गाभास्कर ट्रफी जित्ने लक्ष्यमा छन्।  

भारतले दोस्रो इनिङमा सोमबार नै अस्ट्रेलियालाई २ सय ९४ रनमा अलआउट गरेपछि अन्तिम दिनको खेल रोमाञ्चक बनेको छ। अन्तिम दिन भारतलाई जितका लागि ३ सय २४ रन आवश्यक हुँदा बराबरी गर्न पूरै समय ब्याटिङ गर्नुपर्नेछ। जोस हेजलवुडलाई आउट गर्दै सिराजले अस्ट्रेलियाको दोस्रो इनिङ तीन सय रन अगावै समेटेका थिए। जसमा उनले ५–७३ को बलिङ प्रदर्शन गरे ।

सोही दिन दोस्रो इनिङ सुरु गरेको भारतले ११ बल ब्याटिङ गरेपछि वर्षाका कारण खेल प्रभावित हुन पुग्यो। ओपनरद्वय रोहित शर्मा र शुभमन गिल क्रिजमा रहँदा भारतको खातामा ४ रन छ। त्यस अघि भारतको बलिङमा सार्दुल ठाकुरले ४–६१ को प्रदर्शन गर्दैै सिराजलाई राम्रो साथ दिएका थिए। भारतको पहिलो इनिङमा ब्याटिङतर्फ  पनि बलियो साथ दिएका ठाकुरले करियरको दोस्रो टेस्ट खेलिरहेका छन्।

अस्ट्रेलियालाई सोमबार नै अलआउट गर्न उत्कृष्ट प्रदर्शन गरेका सिराजले देशका लागि खेल्नु आफ्ना पिताको सपना रहेको बताए। दोस्रो इनिङमा अस्ट्रेलियाका धेरै जसो ब्याट्सम्यानले राम्रो सुरुआतका बाबजुत त्यसलाई ठूलो स्कोरमा परिवर्तन गर्न सकेनन्। स्टिभ स्मिथको ५५ रन नै अस्ट्रेलियाको दोस्रो इनिङमा सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। ओपनर डेविड वार्नरले ४८ रन बनाउँदै उनलाई साथ दिएका थिए।

प्रकाशित: ६ माघ २०७७ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App