coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फागुन पहिलोसाता मुख्यमन्त्री कप भलिबल

पोखरामा आयोजित महिला भलिबल प्रतियोगिता । तस्बिर फाईल÷उमेश पुन

पोखरामा आगामी फागुनको पहिलो साता मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलोपटक मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालाको कोर्टमा हुनेछ ।  

प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्ला मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको सहभागिता रहने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । गत वर्ष पोखरामै मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।  

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा म्याटमा प्रतियोगिता आयोजना गरिनेछ । दुईवटा कोर्ट निर्माण गरिने छ । यद्यपी प्रतियोगिता भने सेन्टर कोर्टमै खेलाउने योजना रहेको भलिबल संघले जनाएको छ । प्रतियोगिता लिगको आधारमा खेलाईने छ । बेष्ट अफ फाईभमा खेलाईने छ ।  

केही दिन अघिमात्रै भलिबल संघले नै विभिन्न पाँच जिल्लालाई समेट्दै मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको थियो । कास्की, बाग्लुङ, पर्वत, स्याङजा र नवलपुरको पुरुष टोलीले मैत्रीपूर्ण प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धा नेपाली भलिबल टोलीको कप्तान अरुणा शाहीलाई पल्सर स्पोर्टस अवार्डको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको थियो ।  

मुख्यमन्त्री कपमा भने जिल्लाले गैर जिल्लाको राष्ट्रियस्तरका खेलाडीलाई सहभागिता गराउने नपाईने संघका अध्यक्ष पराजुलीले बताए । ‘सम्बन्धीत जिल्लाकै राष्ट्रिय खेलाडीले खेल्ने पाउनेछन् । गैर जिल्लाका खेलाडी समावेश गराउन भने पाईदैन्,’ उनको भनाई थियो । प्रतियोगितामा महिला तथा पुरुष टोली विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेता र तेस्रो हुने टोलीले भने नगद १ लाख र ५०हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । 

प्रकाशित: ५ माघ २०७७ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App