६ वैशाख २०८१ बिहीबार
खेल

अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो हुने

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो सातादेखि काठमाडौंमा हुने भएको छ।  

कुल ६ डोजाङको संयुक्त आयोजनामा विश्वका २९ देशबाट एक हजार तीन सयभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक एवं नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिए। उक्त प्रतियोगिता माघ १३ र १४ गते हुनेछ। कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मर्निङ ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।  

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण घरैमा बस्न बाध्य भएका खेलाडीलाई लक्षित गरेर भर्चुअल प्रतियोगिताको आयोजना गरिएको मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा पुम्सेतर्फ ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।  

इरान, सिरिया र रुवान्डामा अनाथ बालवालिका, हिंसा पीडित र शरणार्थी खेलाडीलाई निःशुल्क खेलाइने आयोजकले जानकारी दिए। पुरुष/महिलामा उत्कृष्ट खेलाडीले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाउनेछन्। त्यस्तै ‘मोस्ट  

भेलुएबल प्लेयर’ १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत हुनेछ। यो विधाको चयन युट्युबमा सर्वाधिक हेरिएको खेलाडीको भिडियोका आधारमा गरिनेछ।

प्रकाशित: २ माघ २०७७ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App