coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोचेटिन्होलाई पहिलो उपाधि

चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलीलाई २–१ हराउँदै फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले जारी सिजनको पहिलो उपाधि उचालेको छ।  

सुपरकपको फाइनलमा पिएसजीलाई उपाधि जिताउनका लागि ब्राजिलियन स्ट्राइकर नेइमार र मौरा इकार्डोले गोल गरेका थिए। निकै रोमाञ्चक बनेको खेलमा पिएसजीलाई पहिलो अग्रता दिलाउन मौरा इकार्डोले ३९औं मिनेटमा गोलको खाता खोलेका थिए। त्यसपछि ८५औं मिनेटमा ब्राजिलियन स्ट्राइकर नेइमारले पेनाल्टी अवसर सदुपयोग गर्दै जित सुनिश्चित गरे। हालै मात्र प्रशिक्षकमा नियुक्त भएका माउरिसियो पोचेटिनोले पिएसजीका लागि पहिलो उपाधि दिलाएका हुन, जुन उनको प्रशिक्षण करियरकै पहिलो सफलतामा पनि हो। उनले इस्पान्योल, साउथह्याम्प्टन र टोटेनह्याम हट्सपरबाट कुनै उपाधि जित्न सकेका थिएनन्।

तर, पोचेटिनो पिएसजीको प्रशिक्षण समालेको ११ दिनमै उपाधि जित्न सफल भएका छन्। उनी सन् २००९ देखि ०१२ सम्म स्पेनिस क्लब इस्पान्योलमा प्रशिक्षक थिए। त्यसपछि एक सिजन सन् २०१३ देखि ०१४ सम्म उनी इङ्लिस क्लब साउथह्याम्प्टनको प्रशिक्षक भए। सन् २०१४ देखि ०१९ सम्म टोटेनह्यामको प्रशिक्षण सम्हालेका पोचेटिनोले त्यहाँ रहँदा टोटेनह्यामलाई दुईपटक फाइनलमा पुर्‍याए पनि उपाधि दिलाउन सकेनन्। तर, फ्रान्समा प्रशिक्षण करियर एक महिना नबित्दै पोचेटिनोले उपाधि दिलाए।  

‘मेरो विचारमा धेरै उपाधिहरू जित्न बाँकी नै छ, तर पहिलो उपाधि सधैं विशेष हुने गर्दछ,’प्रशिक्षक माउरिसियोले भने, ‘हामी यो उपाधिका लागि हकदार थियौं र हाम्रो खेल उपाधि जित्न योग्य पनि थियो। मार्सेलीका दिमिट्री पायटले खेल सकिन एक मिनेट अगाडि गोल फर्काउँदै अग्रता छोट्याएका थिए। तर, आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्। यससँगै पिएसजीले १०औं पटक ट्रफी डेस चाम्पियन्सको उपाधि जित्न सफल भएको छ। आफ्नो प्रशिक्षण करियरकै पहिलो उपाधि उचाल्दा पिएसजीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि विशेष रह्यो। ट्रफी डेस चाम्पियन्सको फाइनलमा लिग वान च्याम्पियन र कोप डे फ्रान्सको विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्।

प्रकाशित: २ माघ २०७७ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App