१५ चैत्र २०८० बिहीबार
खेल

र्‍याङकिङ ब्याडमिन्टनः रत्नजित र प्रिन्सलाई दोहोरो सफलता

प्रिन्स दाहाल

नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ र प्रिन्स दाहालले दशौं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन बुधबार नै दोहोरो सफलता निकालेका छन्।  

सिरहाको गोलबजार नगरपालिकामा बुधबारदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका रत्नजित र सिल्क ग्रुपका प्रिन्सले पहिलो दिन नै दुई प्रतिद्वन्द्वीलाई हराउँदै दोहोरो सफलता निकालेका हुन्। रत्नजितले पहिलो खेलमा एपिएफका सुमन लिम्बुलाई २१–७, २१–११ ले र गौतम कठायतलाई २१–१८, २१–१२ ले पराजित गरेका थिए। सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २१–१६, २१–११ ले र दोस्रो खेलमा आर्मीका रुकेश महर्जनलाई २१–१२, २१–१३ ले हराउँदै दोहोरो सफलता निकाले। एपिएफका दीपेश धामीले पनि पहिलो खेलमा बाँकेका इर्फान अन्सारीमाथि २१–११, २१–७ र दोस्रोमा पुलिसका सुनील जोशीमाथि २१–१८, २१–११ को जित निकाले।

आर्मीका प्रफुल महर्जनले पुलिसका दीपक बोहोरालाई २१–८, १९–२१, २१–८ र भोजपुरका विकास श्रेष्ठलाई २१–१७, २१–२३, २४–२२ ले पराजित गरे। आर्मीका नवीन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पुलिसका सुनील जोशीलाई ९–२१, २१–१७, २१–१७ र बाँकेका इर्फान अन्सारीलाई २१–७, २१–१३ ले हराए। भोजपुरका विकास श्रेष्ठले एपिएफका विजित थापामगरलाई २१–१६, २१–१९, आर्मीका रुकेश महर्जनले एपिएफका साजनकृष्ण ताम्राकारलाई २१–१२, ९–२१, २१–१८ ले, एपिएफका गौतम कठायतले धादिङका सुदीप सेढार्इंलाई २१–९, २१–१० ले, एपिएफका सुमन लिम्बुले सुदीप सेढाईलाई २२–२०, २१–१० ले पराजित हराए।  

प्रतियोगिताको अन्तिम लिग बिहीबार हुने रेफ्री किरण कारञ्जितले बताए। महिलातर्पm एपिएफकी शोभा गौचनले धादिङकी तारा आलेलाई २१–१२, २१–११ ले र आर्मीकी अनुमाया राईले जेस्ट ब्याडमिन्टन एकेडेमीकी मनीषा खड्कालाई २१–६, २१–५ ले हराए। आर्मीकी रशिला महर्जनले तारा आलेलाई २१–३, २१–३ ले र एपिएफकी जेशिका गुरुङले मनीषालाई २१–५, २१–४ ले पराजित गरे। भोजपुरकी नङ्सलदेवि तामाङले विराट ब्याडमिन्टन क्लबकी सीमा राजवंशीलाई २१–१९, २१–१२ ले र आर्मीकी अमिता गिरिले एपिएफकी सुनैना मुखियालाई २१–१५, २०–२२, २१–१५ ले पराजित गरे।

राष्ट्रिय र्‍याङकिङमा रहेका शीर्ष १६ बाहेकका प्रतिस्पर्धामा बिर्ता ब्याडमिन्टन क्लबका नवीन सिलवाल, भोजपुरका विशाल तामाङ, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साइनो एसएचका सुजन थापा पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै दोस्रो चरणमा चरणमा प्रवेश गरेका छन्। चार दिनसम्म चल्ने प्रतियोगितामा देशभरबाट तीन सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको उद्घाटन नेपाल खेलकुद महासंघका संयोजक पुरुषोत्तम पौडेलले गरेका थिए। 

सो अवसरमा पौडेलले पछिल्ला समय स्थानीय तहले कभर्डहल र रंगशालाजस्ता भौतिक पूर्वाधारमा लगानी बढाए पनि खेलाडीको मनोबल बढाउन अझैं लगानी अपुग भएको बताए।

प्रकाशित: १ माघ २०७७ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App