७ वैशाख २०८१ शुक्रबार
खेल

आमन्त्रण गल्फ प्रतियोगिता पोखरामा हुने

आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड

पोखरामा हुने गल्फ प्रतियोगिताबारे मंगलबार जानकारी दिँदै आयोजक । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस महामारीमा परेको पर्यटन क्षेत्र उकास्न सघाउने गरि ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण पोखरामा हुने भएको छ । पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्यअनुरुप नियमितरुपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता माघ २३ देखि २५ गतेसम्म पोखरामा गरिने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।

एनसेलसँगको विशेष सहकार्यमा प्रतियोगिता आयोजना गरिएको बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिए । ‘कोरानाले पर्यटन क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा पोखराको पर्यटनमा उर्जा थप्न यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाएका हौं,’ प्रधानले भने । प्रधानले संसारभरका ठूला व्यक्तिलाई नेपालप्रतिको आकर्षण बढाउनका लागि पनि प्रतियोगिता पोखरामा आयोजना गरिएको बताए ।

प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउँदै ती सहरका विशेष पाहुनालाई पोखरामा आमन्त्रण गरिएको उनले बताए । पोखरा भित्रिएका ती पाहुनालाई आसपासका क्षेत्रको भ्रमण गराउँदै साहसिक गतिविधिमा सहभागि गराइने उनले बताए । पोखरामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न माघ २३ साइकल ¥याली आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । हल्लनचोकदेखि वीजयपुरस्थित हिमालयन गल्फ कोर्सको मझेरीपाटनसम्म साइकल ¥याली हुनेछ ।

गल्फ प्रतियोगिता हिमालयन गल्फ कोर्समा माघ २४ मा हुनेछ । प्रतियोगितामा ७२ जना कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका अल–राउण्ड विजयीले सुनको गल्फ बल (बाह्रखरी गोल्डेन बल) पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा गल्फ खेलाडीसहित करिब दुईसय पाहुना सम्मिलित हुनेछन् । बाह्रखरी मिडिया हाउसले अघिल्लो वर्ष सगरमाथा क्षेत्रमा गल्फको तेश्रो संस्करण आयोजना गरेको थियो । यो प्रतियोगिता विश्वकै सबैभन्दा उचाईमा (४२५० मिटर) गरिएको पहिलो प्रतियोगिता थियो । गोकर्ण गल्फ क्लवका अध्यक्ष सुहृद घिमिरले गल्फ प्रतियोगिता गर्न सजिलो नभएको बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले पोखरालाई फुटवल, क्रिकेटले चिनाइसकेकोले अब गल्फले चिनाउने बताए । 

प्रकाशित: २८ पुस २०७७ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App