coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ऋषिङ अल्ट्रा म्याराथनमा आर्मीको वर्चस्व

तनहँुमा आयोजित ऋषिङ अल्ट्रा म्याराथनको उपाधी आर्मी क्लवका राजन रोकायले जितेका छन् । उनले ४२.१९५ किलोमिटर दूरीलाई २ घण्टा ५१ मिनेट २६ सेकेन्डमा पुरा गर्दै ६५ हजार रुपैयाँ राशीको पुरस्कार हात पारे ।  

दोश्रो स्थानमा आर्मीकै नवराज साउद आए । साउदले २ घण्टा ५१ मिनेट ५० सेकेन्डमा दुरी पुरा गर्दै ४० हजार रुपैयाँ नगद पुरस्कार पाए । तेश्रो स्थानमा सोलुखुम्बुका सुमन कुलुङ राइले २ घण्टा ५७ मिनेट ५० सेकेन्डमा दूरी पुरा गर्दै २५ हजार रुपैयाँ पुरस्कार थापे ।

तीनजनाले सान्त्वना पुरस्कार बापत १० हजार रुपैयाँ हात पारे । कालिकोटका देवराज महतरा (३ घण्टा २ मिनेट ३५ सेकेन्ड), आर्मीका बेदबहादुर सुनुवार (३ घण्टा १२ मिनेट ५५ सेकेन्ड) र किर्तिपुरका धर्म महर्जन (३ घण्टा १४ मिनेट ५० सेकेन्ड)ले सान्त्वना पुरस्कार पाए ।  

तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा भएको म्याराथनमा १२१ जना धावक सहभागि थिए । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको संयोजक दानबहादुर श्रेष्ठले बताए ।

प्रकाशित: २७ पुस २०७७ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App