coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

नेपाल खेलकुद पत्रकार मञ्चले आगामी मंगलबार आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को तयारी पूरा भएको जनाएको छ।कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डको १७औं संस्करण भर्चुअल स्वरूपमा हुने लागेको हो। उक्त अवार्ड ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार अपरान्ह साढे ४ बजेदेखि सुरु हुनेछ। कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने भएकाले अवार्ड सेमी भर्चुअलमा हुन लागेको हो। यस अघि हजारौं खेलप्रेमीका माझ हुने अवार्ड यस पटक भने सीमित मानिस उपस्थितिमा आयोजना गरिँदै छ।

कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको मात्र उपस्थिति रहनेछ। उक्त अवार्ड एनटिभी प्लस एचडी, एक्सन स्पोटर््स एचडी, इमेज च्यानल र जनता टिभीबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ। साथै एनएसजेएफको युट्युब च्यानल र त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने भएको छ भने जुममार्पmत सहभागिता तय गरिएको छ। कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ।

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ। वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन्। पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरूणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन सोमबार राती १२ बजेसम्म मात्र ई–सेवामार्पmत गर्न सकिनेछ। त्यस्तै फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत पनि उक्त विधामा गणना हुनेछन्।  

त्यस्तै वर्षका पुरुष र महिला खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अवार्डमा पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान पनि रहेको छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट फ्याम्पर प्रदान गरिनेछ। पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ।  

साथै डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) मा हुने कार्यक्रमको अन्य प्रायोजकमा सूर्य नेपाल प्राली, रुस्लान फुटबल, ई–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको पनि अवार्डमा साथ रहेको छ।  

प्रकाशित: २७ पुस २०७७ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App