coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हारबाट बच्न भारतको संघर्ष

अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा आइतबार दुई विकेट गुमाएपछि हारबाट बच्न संघर्ष गरिरहेको भारतका खेलाडीले सिड्नी क्रिकेट मैदानमा रंगभेदी दुव्र्यवहार सामना गर्नुपरेको छ।

घरेलु टोली अस्ट्रेलियाले चौथो दिन चिया सत्रमा ३१२/६ को अवस्थामै दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि भारतले जितका लागि ४ सय ७ रनको लक्ष्य प्राप्त गरेको थियो। यद्यपि, पाहुना टोली भारतले ९८–२ को स्थितिमा चौथो दिनको खेल सकाउँदा अस्ट्रेलिया बलियो स्थिति देखिएको छ। यी दुई बीचको चार खेलको शृंखला १–१ को बराबरीमा छ, जसको अग्रता लिन भारतलाई अन्तिम दिन ३ सय ९ रन आवश्यक छ।  

यद्यपि, सिड्नी मैदानमा कुनै पनि टोलीले चौथो इनिङमा दुई विकेट गुमाएर २ सय ८८ रनभन्दा बढिको योगफल बनाउन सकेका छैनन् र जुन सन् २००६ मा अस्ट्रेलियाले नै दक्षिण अफ्रिकाविरुद्ध उक्त सफलता प्राप्त गरेको थियो। रेकर्ड योगफल पछ्याएको भारतका ओपनरद्वयले तीव्र गतिमा रन बटुल्दै आफ्नो टोलीको आशा जगाएका थिए, तर शुबमन गिल ३१ रनमा र रोहित शर्मा ५२ रनमा आउट भए। त्यसपछि चेतेश्वर पुजरा ९ रनमा र कप्तान अजिन्क्या रहाने ४ रनमा नटआउट रहँदै भारतलाई हारबाट जोगाउन संघर्षरत छन्।  

अस्ट्रेलियाका बलर प्याट कमिन्सले रोहितलाई र जोस हेजलवुडले गिललाई आउट गर्दै पाहुना टोलीको इनिङलाई कमजोर बनाए। यद्यपि, यी जोडी ७१ रनको साझेदारी गर्न सफल भए। यस क्रममा टेस्टको ११औं अर्धशतक बनाएका रोहित कमिन्सको बलमा फाइन लेगमा क्याच आउट हुन पुगेका थिए। यसै शृंखलामा डेब्यु गरेका गिलले भारतको ओपनिङमा बलियो दाबेदारी दिँदै आएका छन्, जो हेजलवुडको बलमा पाइनेद्वारा क्याच आउट भएका थिए। ‘केही गर्न सक्छौं भन्ने आशासहित यी ब्याट्सम्यान सोमबार उत्रनेछन्,’भेट्रान बलर रविचन्द्रन अश्विनले भने,‘यो विश्वासका साथ मैदान प्रवेश गर्दा निकै महŒवपूर्ण साबित हुनेछ।’

क्यानरुन ग्रिन ८४ रनमा आउट भएसँगै अस्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गरेको थियो, जसमा ग्रिनले टेस्ट करियरको पहिलो अर्धशतक बनाए। अस्ट्रेलियाका कप्तान टिम पाइने पनि ३९ रनमा नटआउट रहे। सो इनिङमा अस्ट्रेलियाका स्टिभ स्मिथले ८४ रन र मार्नस लाबुसेनले ७३ रनको योगदान गरे। भारतको बलिङमा अश्विन र नवदीप सैनीले समान २/२ विकेट लिँदा जसप्रीत बुमराह र मोहम्मद सिराजले १/१ विकेट निकाले। स्टेडियममा रहेका दर्शकले मोहम्मद सिराजमाथि रंगभेदी टिप्पणी गरेपछि चौथो दिन करिब १० मिनेट खेल प्रभावित हुन पुगेको थियो।

सोही घटनाका कारण ६ जना दर्शक मैदान बाहिर पठाइएका थिए। फिल्डिङ गर्ने क्रममा बाउन्ड्री लाइमा रहेका सिराजले आफूमाथि दुव्र्यवहार भएको भन्दै अम्पायरलाई जानकारी दिएका थिए। यस अघि शनिबार पनि दर्शकबाट आफ्नो टोलीमाथि रंगभेदी टिप्पणी भएको भारतले जनाएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पनि उक्त किसिमको दुव्र्यवहार गर्नेप्रति कारबाही प्रक्रिया अगाडि बढाएको छ भने अस्ट्रेलियाले माफी मागिसकेको छ।  

‘यस किसिमका घटना विश्वका विभिन्न स्थानमा हुँदै आएका छन् र यसप्रति हामी निकै दुःखी भएका छौं,’अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्यांगरले भने,‘हाम्रो शृंखला यस किसिमका घटनाबाट टाढा रहनु पथ्र्यौ। तर, शनिबार र आइतबार त्यस किसिमको घटना हुनु दुःखलाग्दो हो।’  एजेन्सी 

प्रकाशित: २७ पुस २०७७ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App