७ वैशाख २०८१ शुक्रबार
खेल

मेलम्ची र सुनकोसीबीच उपाधि भिडन्त

कोमलमाया–खड्ग बस्नेत स्मृति फुलबल प्रतियोगिताको उपाधिका लागि मेलम्ची नगरपालिका र सुनकोसी गाउँपालिका फाइनलमा भिड्ने भएका छन्।  सेमिफाइनलका खेलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई हराउँदै मेलम्ची र सुनकोसीले फाइनलमा भेट पक्का गरेका हुन्।  

बाह्रविसे नगरपालिकाको पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा इन्द्रावती गाउँपालिकालाई ०–३ गोलले हराउँदै मेलम्ची फाइनल प्रवेश गरेको हो।  मेलम्चीको जितमा साजन माझीले दुई र युवराज ढकालले एक गोल गरे।  खेलको म्यान अफ द मेलम्चीका साजन चुनिए।    

अर्को सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई पेनाल्टी सुट आउटमा ३–५ ले स्तब्ध बनाउँदै सुनकोसी उपाधि नजिक पुगेको हो।  चौताराको चौथो प्रहार पोष्ट बारमा लागेर फर्केपछि चौतारा निराश बन्यो।  यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।  

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै उत्कृष्ट पुनरागमनसाथ खेल बराबरीमा ल्याए पनि पेनाल्टीमा चौतारा अभाग्यमानी ठहरियो।  खेलको १० औँ मिनेटमा गोल गर्दै सुरेश खत्रीले इन्द्रावतीलाई अघि बढाए।  ४९ औँ मिनेटमा सुरेशले अर्को गोल थपेर अग्रता दोब्बर बनाए।  खेलको ५३ औँ मिनेटमा चौताराका दर्पण श्रेष्ठले गोल फर्काउँदै अन्तर घटाए।  ६५ औँ मिनेटमा सोनाम श्रेष्ठले गोल थपेपछि चौतारा खेलमा फर्किएको थियो।  दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो, जहाँ सुनकोसीले बाजी मार्योथ।  

खेलको म्यान अफ द म्याच सुनकोसीका सुरेश चुनिए।  दुबै म्यान अफ द म्याच घोषित खेलाडीले नगद पाँच हजार रुपैयाँ पुरस्कारको साथ ट्रफी पाए।  नेपाली कांगे्रस केन्द्रीय खेलकुद विभागको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि प्रतिस्पर्धा मंगलबार हुने छ।  

प्रतियोगिताको बिजेताले उपाधिसहित नगद एक लाख ११ हजार एक सय ११ र उपबिजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउने छन्।  प्रतियोगताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउने छन्।  त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्र«ाइकरलाई जनही नगद सात हजार रुपैयाँ पुरस्कार र ट्रफी दिइने आयोजकले जनाएको छ।  

 

 

प्रकाशित: २६ पुस २०७७ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App