coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

कोमलमाया–खड्ग बस्नेत स्मृति फुटबल प्रतियोगिताको सेमिफाइलन समिकरण पूरा

नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ धनराशी पुरस्कारको कोमलमाया–खड्ग बस्नेत स्मृति फुलबल प्रतियोगिताको सेमिफाइलन समिकरण पूरा भएको छ । इन्द्रावती गाउँपालिका सेमिफाइलन प्रवेश गरेसँगै अन्तिम चारको टुंगो लागेको हो ।  

बाह्रविसे नगरपालिकाको पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा शुक्रबार भएको अन्तिम क्वाटर फाइनलमा लिसंखुपाखर गाउँपालिकालाई ०–१ ले स्तब्ध बनाउँदै इन्द्रावती अघि बढ्यो । खेलको १६ औँ मिनेटमा सुनिल लामाले गरेको एक मात्र गोल इन्द्रावतीको जितको लागि पर्याप्त बन्यो । इन्द्रावतीका राजकुमार लामा खेलको म्यान अफ द म्याच चुनिए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कारको साथमा ट्र«फी पाए ।  

जितसँगै इन्द्रावतीले सेमिफाइनलमा मेलम्ची नगरपालिकासँग भेट पक्का गरेको छ । भोटेकोसी गाउँपालिकालाई पन्छाउँदै मेलम्चीले सेमिफाइनलमा स्थान बनाएको थियो । अर्को सेमिफाइलन खेल चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाबीच हुने छ । क्वाटर फाइनलमा बलेफी गाउँपालिकालाई स्तब्ध पार्दै सुनकोसी अघि बढेको थियो भने चौताराले त्रिपुरासुन्दरी गाउँपालिकालाई हराएको थियो ।  

उपाधि भिडन्तका लागि सेमिफाइलनका दुबै खेल आइतबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल मंगलबार हुने छ । नेपाली कांगे्रस केन्द्रीय खेलकुद विभागको आयोजनामा भइरहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद एक लाख ११ हजार एक सय ११ र उपबिजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।  

प्रत्येक खेलका म्यान अफ द म्याचलाई ट्र«फीका साथ नगद पाँच हजार पुरस्कार दिइने प्रतियोगताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्र«ाइकरलाई जनही नगद सात हजार रुपैयाँ पुरस्कार र ट्र«फी दिइने आयोजकले जनाएको छ ।  

प्रकाशित: २५ पुस २०७७ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App