७ वैशाख २०८१ शुक्रबार
खेल

नेरीको नटआउट प्रदर्शनमा बाँके बिजयी

लुम्बिनी प्रदेशस्तरीय महिला छनोट प्रतियोगिता

वुमन अफ द म्याचको पुरस्कार लिदै नेरी थापा । तस्विरः कमल खत्री

 

राष्ट्रिय महिला क्रिकेट टोलीकी पुर्व कप्तान नेरी थापाले अविजित ४६ रन बनाएपछि बाँकेले प्रधानमन्त्री कपको लागि भैरहेको लुम्बिनी प्रदेशस्तरीय महिला छनोट प्रतियोगिता रुपन्देहीलाई ६ विकेटले पराजित गरेको छ ।  

शुक्रबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा सुरुआतमा ब्याटिङ गरेको रुपन्देहीले २० ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ७ रन जोडेको थियो । रुपन्देहीको तर्फबाट बर्षा रानाले सर्वाधिक ४४ रन जोडेकी थिइन । घरेलु टोली बाँके विरुद्धको खेलमा वर्षा बाहेक अन्य खेलाडीले गतिलो स्कोर गर्न सकेनन ।  वर्षाले ६८ बलको सामना गर्ने क्रममा ४ चौका प्रहार गरिन । उनी अनुभवी खेलाडी नेरी थापाबाट बलमा आउट भएकी थिइन । त्यस्तै पाहुना टोली रुपन्देहीका लागि नितु भण्डारीले १७ र मेलिना थापाले १६ रनको योगदान गरेका थिए । बाँकेका लागि नेरी थापा र सरिना जिसीले २–२ विकेट लिए ।  

१ सय ८ रनको विजयी लक्ष्य पाएको बाँकेका लागि नेरीको प्रदर्शन महत्वपुर्ण रहयो । उनले आफनो अनुभवलाई प्रयोग गर्दै टोलीलाई जित दिलाइन । उनले ३८ बलमा ६ चौका प्रहार गर्दै अन्तिम सम्म क्रिजमा आफनो प्रभावलाई देखाएकी थिइन । नेरी बाहेक बाँकेका कुनै पनि व्याटस वुमनले दोहोरो स्कोर बनाउन सकेनन । खेलमा बाँकेकी नेरी थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन ।  

यो पनि पढ्नुहोस्

नेरीको अलराउन्ड प्रदर्शन

 

गत पुस ११ गतेदेखि दाङको लमहीमा हुने प्रधानमन्त्री महिला क्रिकेट कप प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले प्रदेशस्तरीय टिम बनाउँदै छ । नेपालगन्जमा भैरहेको प्रतियोगितामा सहभागी तीन जिल्ला टिमलाई नकआउटका आधारमा प्रतिस्पर्धा गराईदैछ । यही प्रतियोगिताबाट छनोट समितिले सुरुआतमा १८ जना र पछि १४ जना खेलाडी छनोट गर्ने आयोजकले बतायो ।  

प्रदेश स्तरीय छनोट प्रतियोगितामा बाँके, दाङ र रुपन्देहीले प्रतिस्पर्धा गरिरहेका छन । बाँके जिल्ला क्रिकेट संघको आयोजना गरेको छनोट प्रतियोगिताबाट लुम्बिनी प्रदेशको टोली निर्माण गरिनेछ । छनोट खेलले महिला खेलाडीमा नयाँ उत्साह जगाएको बताउँछन लुम्बिनी प्रदेश क्रिकेट संघ एवम बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापामगर ।  

 

 

 

प्रकाशित: ३ पुस २०७७ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App