२५ श्रावण २०७९ बुधबार
खेल

पिएसजीको सम्भावना जीवित

च्याम्पियन्स लिग अन्तिम १६

नेइमारको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मन (पिएसजी) बुधबार म्यानचेस्टर युनाइटेडमाथि ३–१ को महत्वपूर्ण जितका साथ च्याम्पियन्स लिगको नकआउट चरणको संघारमा पुगेका छ। यता बोरुसिया डर्टमन्डले प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गर्दा ओलिभर जिरौडको ह्याट्रिकप्रेरित चेल्सीले सेभियामाथि ४–० को सहज जित हात पारेको छ।

ओल्ड ट्राफोर्डको हारले पिएसजीलाई समूहचरणबाटै बाहिरने संघारमा पु¥याउन सक्थ्यो। तर नेइमारको उत्कृष्ट प्रदर्शनमा पिएसजीले अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।

छैटौं मिनेटमा नेइमारको गोलमा पिएसजीले अग्रता लिएको थियो। ३२औं मिनेटमा मार्कुस रसफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए। ६९औं मिनेटमा माक्विन्होसले पिएसजीलाई पुनः अग्रता दिलाएका थिए। इन्जुरी समयको पहिलो मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल गरेसँगै पिएसजीले सहज जित पक्का गरेको थियो। अक्टोबरमा भएको पहिलो खेलमा भने पिएसजीलाई युनाइटेडले २–१ ले हराएको थियो।

समूह ‘एच’ मा बुधबारै भएको अर्को खेलमा आरबी लिपजिगले इस्तानबुल बसाकसेयरलाई ४–३ ले हराएसँगै सो समूहबाट अघिल्लो चरण प्रवेश गर्ने टोलीको टुङ्गो अन्तिम खेलमा मात्र लाग्ने भएको छ। ५ खेलको समाप्तिमा युनाइटेड, पिएसजी र आरबी लिपजिग समान ९ अंकका साथ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। इस्तानबुल ३ अंकका साथ अन्तिम स्थानमा छ। समूहचरणको अन्तिम खेलमा युनाइटेडले  लिपजिग र पिएसजीले इस्तानबुलको सामना गर्नेछन्। युनाइटेड र पिएसजीले आआफ्ना खेल बराबरी खेले मात्र पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् भने लिपजिगलाई निश्चित जित आवश्यक छ।

यता डर्टमन्डले भने लाजियोसँग १–१ को बराबरी खेले पनि समूह ‘ई’ बाट अन्तिम १६ मा प्रवेश ग-यो। डर्टमन्ड समूह ‘ई’ मा १० अंकका साथ शीर्ष स्थानमा छ र अघिल्लो चरणमा प्रवेश गरेको हो। लाजियो ९ अंकका साथ दोस्रो स्थानमा छ भने क्लबबर्ज ७ अंकका साथ तेस्रो स्थानमा छ।  

त्यस्तै समूह ‘ई’ मा यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको चेल्सीले सेभियामाथि ४–० को हार हात पार्दा एफसी क्रासनडोरले रेनिसलाई १–० ले हरायो।

यता समूह ‘जी’ मा बार्सिलोनाले फेर्नकाभासोसमाथि ३–० को जित हात पार्दा युभेन्ट्सले डाइनामो किभलाई ३–० ले निराश पा-यो। बार्सिलोना र युभेन्ट्स यसअघि नै प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरिसकेका छन्।

प्रकाशित: १९ मंसिर २०७७ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App