८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

आइपिएलमा दुई टोली थप हुन सक्ने

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दुई नयाँ फ्रेन्चाइज टोली थप्ने विषयमा छलफल गर्ने भएको छ।

यसै महिना बस्ने बिसिसिआईको वार्षिक सभामा विश्व क्रिकेटकै सर्वाधिक ठूलो व्यावसायिक क्रिकेट लिग आइपिएलमा दुई फ्रेन्चाइज टोली थप्नेबारे छलफल हुने बिसिसिआईका अधिकारीले बिहीबार जानकारी दिएका छन्। कोरोना भाइरसका कारण यस सिजन तीन पटकसम्म सरेको आइपिएल बन्द रंगशालाबीच संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको थियो। तर, टेलिभिजन र डिभिजिट भ्युअरमा भने यस सिजनको आइपिएलले रेकर्ड कायम गरेको थियो।

बिसिसिआईका कोषाध्यक्ष अरुण धुमलले पनि आठ टोली सम्मिलित हुने आइपिएलमा दुई नयाँ फ्रेन्चाइज थप्नेबारे बोर्डको आगामी बैठकमा एजेन्डा रहेको स्वीकार गरेका छन्। बिसिसिआईको वार्षिक सभा आगामी डिसेम्बर २४ मा हुँदै छ, जहाँ नयाँ दुई टोली थप गर्नेबारे गहन छलफल हुनेछ। ‘हामी सबै सदस्यका साथ यस विषयमा छलफल गर्नेछौं र उनीहरूको धारणापश्चात् नै थप निर्णय लिनेछौं,’ धुमलले भनेका छन्। आइपिएलले करिब ६.८ बिलियन डलर आफ्नो ब्रान्ड मूल्य तय गरेको छ। यस सिजनको आइपिएलले भारतका मात्र दुई करोड दर्शकलाई आकर्षित गरेको थियो।  

सन् २०२८ को लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल समावेश गराउन पहल गर्ने विषयमा बिसिसिआईको अडानबारे पनि छलफल हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले ओलम्पिकमा पनि क्रिकेटलाई समावेश गराउन पहल गरिरहेको छ, तर विश्वको शक्तिशाली क्रिकेट बोर्ड बिसिसिआई भने त्यसको विपक्षमा छ।

प्रायःमार्च र मेमा हुने ठूलो व्यावसायिक ट्वान्टी–२० लिग क्रिकेटमा खेलाडीका लागि पनि महँगो मूल्य तय गरिएको हुन्छ। भारत एवम् रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले मात्र १५ खेलबाट २.३ मिलियन डलर कमाइ गर्छन्। यस सिजन अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स सबैभन्दा महँगा बलर थिए, उनका लागि कोलकाता नाइट राइडर्सले २.१ मिलियन डलर खर्चिएको थियो। एक रिपोर्टका अनुसार भारतका ठूला घराना अदाणी ग्रुप र आरपी सञ्जीव गोयन ग्रुपले दुई सिजन खेलेको राइजिङ पुणे सुपरजायन्टप्रति चासो देखाएका छन्।

सन् २०२८ को लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल समावेश गराउन पहल गर्ने विषयमा बिसिसिआईको अडानबारे पनि छलफल हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले ओलम्पिकमा पनि क्रिकेटलाई समावेश गराउन पहल गरिरहेको छ, तर विश्वको शक्तिशाली क्रिकेट बोर्ड बिसिसिआई भने त्यसको विपक्षमा छ। सन् १९०० मा भएको दोस्रो ओलम्पिकमा पनि क्रिकेट खेल सञ्चालन भएको थियो, तर त्यसपछि भने ओलम्पिकमा यस खेलको निरन्तरता हुन सकेन। 

प्रकाशित: १९ मंसिर २०७७ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App