coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्रिकेट प्रशिक्षकको प्रतिक्षामा पोखरा

पोखरा रंगशालाभित्र क्रिकेट प्रशिक्षष्ण गर्दै खेलाडीहरु। तस्बिर नागरिक

पोखरामा क्रिकेट प्रशिक्षक नभएको लामै समय भयो। ६० को दशकमा पोखराको क्रिकेटलाई उचाईमा पुर्याउने जिम्मेवारी जगत टमटाको काँधमा थियो। उनको पनि दुईचार वर्षे बसाईपनि राजधानी हुँईकिए। राजधानी हुँईकिएपछि पोखरा क्रिकेट प्रशिक्षकको अभावमा टुहुरो बन्यो। केही समय भैरहवाबाट जंगबहादुर थापा काजमा आएर नसिकाएका पनि होईनन्। तर थापा बर्षदिनपनि बसेनन्।  

लामो समय प्रशिक्षकविहीन टुहुरा बनेको पोखराले क्रिकेट प्रशिक्षक सम्भव मंसिर भित्रमा पाउने छ। तर पोखरालाई नभई गण्डकी प्रदेशलाई। प्रदेशको केन्द्र विन्दु पोखरामा रहेर नयाँ प्रशिक्षकले क्रिकेटको विकास र विस्तारमा आफनो दिलोज्याउन लगाउनेमा कास्की जिल्ला क्रिकेट संघ विश्वस्त छ।  

शुरुवाती समयमा क्रिकेट मैदानको अभाव थियो। क्रिकेट प्रशिक्षक थिए। अहिले मैदान व्यवस्थित छ, प्रशिक्षक छैनन्। प्रशिक्षक बिना नै पोखरा(तत्कालिन क्षेत्र नं ८) राष्ट्रिय प्रतियोगितामा आफुलाई उम्याउँदै आएको छ। अस्थायी प्रशिक्षकको रुपमा टिम सम्हाल्नुपर्ने बाध्यता स्वयसेवक प्रशिक्षकको काँधमा आयो।  

नेपाल क्रिकेट संघले मुख्य प्रशिक्षकको छनोटको तयारीमा छ। अन्तरवार्ता मार्फत नेपाली क्रिकेटलाई माथि उठाउने प्रशिक्षक छनोटपछि प्रदेशस्तरीय क्रिकेट छनोट शुरु हुने छ। प्रदेशस्तरीय क्रिकेट प्रशिक्षक बन्ने दौडमा चार छन्। चार जनामध्ये दुई जना पोखराका प्रशिक्षक छन्। रिजन प्रजु र दिपेश खत्री प्रदेश प्रशिक्षक बन्ने दौडमा रहेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले सुनाए। उनीहरुसँगै अन्य दुई जनाले पनि चासो दिएको उनले जानकारी दिए। अन्य दुईजना भने पोखरा बाहिरका हुन्।  

खत्री पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी हुन्। लामो समय नेपाली क्रिकेटमा भिजेका छन्। प्रजु प्रदेशकै विभिन्न समयमा स्वयंसेवक प्रशिक्षक बन्दै विभिन्न राष्ट्रिय प्रतियोगितामा टिम सम्हाल्ने मौका पाएका छन्। प्रजु दृष्टिविहीन प्रशिक्षक समेत रहेर अनुभव लिईसकेका छन्। कास्की जिल्ला क्रिकेट संघ कास्कीले पनि पोखराको क्रिकेटलाई बुझेको व्यक्ति प्रशिक्षक बन्नुपर्ने धारणा राख्दै आएको छ। प्रशिक्षक नहुदाँ स्वयंसेवक प्रशिक्षकले क्रिकेट प्रशिक्षण दिदैं आएका छन्।  

कास्की जिल्ला क्रिकेट संघले केही दिन अघि मात्रै सेन्टर क्रिकेट एकेडेमी शुरुवात गर्यो। क्रिकेटको विकास र विस्तारको लागि क्रिकेट एकेडेमी शुरुवात गरिएको जनाउँदै त्यसको लागि समेत प्रशिक्षक राख्नुपर्ने अवस्था रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले सुनाए। ‘प्रदेश क्रिकेट प्रशिक्षक नेपाल क्रिकेट संघले नियुक्त गरे जिल्ला प्रशिक्षक नियुक्त गर्ने प्रयास संघले नै गर्ने छ ।’ उनको भनाई थियो।  

संघले क्रिकेट एकेडेमीसँगै पोखरा रंगशालाको क्रिकेट मैदान मर्मत सम्भार कार्य शुरु गरेको छ। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको दौरानमा बनाईएको नेट्समा प्राक्टिस गर्ने छन्। मैदानको आउट फिल्ड र विकेट पीच संघकै खर्चमा मर्मत सम्भार शुरु गरिएको छ।  

 

 

प्रकाशित: १० मंसिर २०७७ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App