१६ चैत्र २०८० शुक्रबार
खेल

पारस दशककै उत्कृष्ट खेलाडीमा मनोनयन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एसोसिएटतर्फ दशकका उत्कृष्ट  पुरुष खेलाडी अवार्डको मनोनयनमा परेका छन्।

आइसिसीले मंगलबार दशकका उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, उत्कृट टेस्ट खेलाडी, उत्कृष्ट एकदिवसीय पुरुष खेलाडी, उत्कृष्ट एकदिवसीय महिला खेलाडी, उत्कृष्ट ट्वान्टी–२० पुरुष खेलाडी, उत्कृष्ट ट्वान्टी–२० महिला, उत्कृष्ट एसोसिएट पुरुष खेलाडी, उत्कृष्ट एसोसिएट महिला खेलाडी र आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड गरी कुल १० विधाको मनोनयन सार्वजनिक गरेको हो।  

पारसको कप्तानीमा सन् २०१८ मार्च १५ मा नेपालले ४ वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो। यसअघि नेपालले २०१४ मा ट्वान्टी–२० को मान्यता पाउँदै उनकेै कप्तानीमा २०१४ को ट्वान्टी–२० विश्वकप खेलेको थियो। पारसले गत वर्ष कप्तानबाट राजीनामा दिएका थिए।

एसोसियटतर्फ पारससँगै अवार्डको मनोनयनमा स्कटल्यान्डका काइल कोएट्जर, कालुम म्याकलियोड, रिकी बेरिङ्टन, पपुवा न्युगेनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरन परेका छन्।

प्रकाशित: १० मंसिर २०७७ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App