७ वैशाख २०८१ शुक्रबार
खेल

ज्लाटानको जादु यथावत्

ज्लाटान इब्राहिमोभिचको दुई गोलप्रेरित एसी मिलानले आइतबार १० खेलाडीमा सीमित नेपोलीमाथि ३–१ को जितका साथ इटालियन सिरी ‘ए’ को शीर्ष स्थान कायम राखेको छ।  

मिलान ८ खेलमा २० अंकका साथ शीर्ष स्थानमा यथावत् छ, जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको सासौलोभन्दा २ अंक बढी हो। एएस रोमा १७, युभेन्ट्स १६ र इन्टर मिलान १५ अंकका साथ क्रमशः तेस्रो, चौथो र पाँचांै स्थानमा छन्।

‘मलाई लाग्छ ज्लाटान अहिले उत्कृष्ट लयमा छन्,’ नेपोलीका प्रशिक्षक जेनारो गाटुसोले भने, ‘मिलानले ज्लाटानलाई धेरै विश्वास गरेको छ। टोली सदस्यले पनि उनीमाथि शतप्रतिशत विश्वास गरेका छन्। मेरो विचारमा मिलान आफैंमा बलियो टोली होइन तर उनीहरूसँग जितको मानसिकता छ। हामीले राम्रो खेल्यांै तर पनि नतिजा आफ्नो पक्षमा भने पार्न सकेनौं।’

पछिल्लो समय उत्कृष्ट लयमा रहेका इब्राहिमोभिचले २०औं मिनेटमा थिएगो हर्नान्डेजको क्रसलाई जाली चुमाएका थिए। ५४औं मिनेटमा उनले मिलानको अग्रता दोब्बर पारेका थिए। त्यसको ९ मिनेटपछि द्रिइस मार्टिन्सले गोल गर्दै नेपोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए। ७९औं मिनेटमा इब्राहिमोभिच ह्यामस्ट्रिङका कारण मैदानबाट बाहिरिएका थिए। इन्जुरी समयको पाँचौ मिनेटमा जेन्स पिटर हेगले बललाई जाली चुमाउँदै मिलानको सहज जित पक्का गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७७ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App