coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

छैठौं नेपालगन्ज म्याराथनमा तीन इभेन्ट्समा प्रतिस्पर्धा

छैठौं नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ। क्रियटिभ ह्यान्ड्सले मंसिर ६ गते शनिबार उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। ‘बाँच्नका लागि हिँडौं’ भन्ने नारासहित यस पटकको म्याराथनमा तीन इभेन्ट्समा प्रतिस्पर्धा गराइने क्रियटिभ ह्यान्ड्सका टीएस ठकुरीले जानकारी दिए।  

कोरोना महामारीका कारण यसवर्ष म्याराथन प्रतियोगिता आयोजना गर्न अन्यौलता छाएको थियो। उक्त महामारीका कारण यसपटक पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन समावेश गरिएको ठकुरीले बताए। म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी, साविक विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्की लगायतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने छन्।  

यसैगरी महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिने आयोजकले जनाएको छ। म्याराथन विजेताले ७५ हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो स्थानमा आउनेले २० हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै चौथो हुनेले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौं हुनेले ५ हजार हजार रुपैयाँ प्राप्त गर्ने छन्।  

महिला हाफ म्याराथन विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रोले १० हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार र छैठौ स्थानमा आउनेले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। सरकार र तत्कालिन सशस्त्र द्वन्द्वरत पक्ष नेकपा माओवादी बीच मंसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ। यसपटकको म्याराथनलाई धारा तेलले मुख्य प्रायोजन गरेको आयोजकले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७७ ११:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App