१३ मंसिर २०७७ शनिबार
खेल

जोमासा स्पोर्ट्स क्लब सुरु

नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ ।

स्पोर्ट्स क्लबको बिहीबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको थियो । स्पोर्ट्स क्लबको राष्ट्रिय युवा संघ रामेछाप जिल्ला सचिव मुकुन्द गौतम र क्लबका अध्यक्ष एवं प्रमुख प्रशिक्षक राम विष्टले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।  

तीन वर्षअघि नेपाल भित्रिएको जोमासा मार्सल आर्ट्सको २०७६ माघदेखि भने नियमित प्रशिक्षण हुँदै आएको छ । यस मार्सल आर्ट्सको काठमाडौंको बल्खु, सानेपा र कालिमाटीमा यसअघि नै डोजो सञ्चालनमा रहेको प्रशिक्षक विष्टले जानकारी दिए ।  

क्लब उद्घाटनकै अवसरमा हालै भारतमा आयोजना भएको अनलाइन मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरिएको थियो । उक्त च्याम्पियनसिपमा नेपालले नौ स्वर्ण, दुई रजत र तीन कांस्य पदक जितेको थियो ।

प्रकाशित: २८ कार्तिक २०७७ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App