coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मुस्ताङमा खेलग्राम स्थापनाका लागि पहिलो चरणको काम पुरा

लोमान्थाङ गाउँपालिकाको किमलिङमा निर्माणाधीन खेलग्राम ।

हिमालपारीको जिल्ला मुस्ताङमा खेलग्राम स्थापनाको लागि पहिलो चरणको कार्य पुरा गरिएको छ। फुटबल मैदान निर्माणको लागि छुट्टाइएको १ करोड रुपैयाँको बजेटबाट जमिन सम्याउने देखि पर्खाल लगाउने काम पुरा गरिएको छ। अब छुट्टाइने बजेटबाट मैदानको दक्षिण तर्फ फेन्सिङ लगाउने र उत्तर तर्फ प्यारापिट निर्माण गर्ने योजना रहेको छ।  

समुद्री सहतदेखि ३ हजार ७ सय ५० मिटरको उचाईमा निर्माणाधीन खेलग्राम गण्डकी प्रदेशकै उचाईको खेलग्राम बन्ने छ। गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टले लोमान्थाङमा बन्ने खेलग्राम सबैभन्दा उचाईको खेलग्राम बन्ने विश्वास व्यक्त गरे। उनले गतवर्ष छुट्टाइएको एक करोडबाट जमिन सम्याएर खेल्ने योग्य बनिसकेको बताए।  

‘दुबो उम्रिन शुरु भईसकेको छ। अब गोलपोष्ट राखेपछि खेल्न मिल्छ’ उनले भने,‘संघीय सरकारबाट प्राप्त सहयोगबाट ३ सय मिटर लामो पर्खाल लगाइएको छ। अब फेन्सिङ गर्नुपर्ने छ।’ खेलग्राम निर्माणपछि वर्षको ६ महिना खेल्न सकिन्छ। लोमान्थाङबाट गाडीमा १० मिनेटभित्रमा मैदान पुग्न सकिन्छ। उनले पूर्वाधारको रुपमा फुटबल मैदानसहित चेन्जिङ रुम, शौचालय, प्यारापिट निर्माणको योजना रहेको बताए।  

‘पर्यटन मात्रै होइन, उपल्लो मुस्ताङ खेलकुदको गन्तव्यको रुपमा समेत परिचय गराउने ध्येय छ’ उनले भने,‘त्यही ध्येयलाई मूर्तरुप दिन खेलग्रामको निर्माण गतवर्षदेखि नै थालेका हौं।’ एक करोड बराबरको काम भईसकेर अहिले बजेट अभावमा रोकिएको छ। अत्याधिक चिसो हुने भएकोले पनि हिउँदमा का मगर्न कठिनाई हुन्छ।  

खेलग्राममा फुटबल मैदानसहित, लन टेनिस कोर्ट, भलिबल तथा बास्केटबल कोर्ट समेत निर्माण गर्ने योजना रहेको उनको भनाई थियो। किमलिङ–६ मा निर्माणाधीन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ। मैदानको पूर्व तर्फ  १ सय २० मिटर लम्बाईको पर्खाल लगाईको छ। पर्खाल ५ मिटर अग्लो र सवा दुई मिटर चौडाईको छ। उत्तर तर्फ १५ सय दर्शक क्षमताको प्यारापिट बनाउने बजेट माग गरिएको सदस्य विष्टले बताए।  

डिपिआर अनुसार फुटबल मैदान, प्यारापिट, बास्केटबल कोर्ट, भलिबल कोर्ट, भिआईपी भवन, चेन्जिङ रुमसहित पार्किङ एवं शौचालय निर्माण गरिने छ। दुई हजार दर्शक क्षमताको प्यारापिट निर्माण हुने प्रतिवेदनमा उल्लेख छ। निर्माण कार्य स्थानीय किमलिङ खेलग्राम निर्माण उपभोक्ता समितिले गरिरहेको छ। लोमान्थाङ पोखरादेखि २४० किलोमिटर दूरीमा रहेको प्रतिवदेनमा उल्लेख छ। खेलग्राम नजिकै हेल्थ पोष्ट बनाइने छ।  ‘स्वास्थ्य चौकी निर्माण प्राथमिकतामा छ। आन्तरिक तथा बाह्य पर्यटक मात्रै नभई अब खेलग्रामको लागि पनि अत्यावश्यक छ’ सदस्य विष्टले भने–‘लोमान्थाङमा स्वास्थ्यचौकी छ। त्यसलाई अझ विस्तृत गराउने योजना छ।’ पानीको अभाव भने हुने छैन।  

कुल लागत ५ करोड ९७ लाख रुपैयाँ छ। डिपिआर काठमाडौंस्थित एडोन इन्जिनियरिङ सोलुसन प्रा.लि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाएको हो। पानीको पर्याप्त उपलब्धताले पनि खेलमैदान निर्माणमा सहजता भएको छ। खेलग्राम निर्माणपछि हाईअल्च्यिुडको प्रशिक्षण गर्न सहज हुने विश्वास छ। निर्माण पुरा गर्न संघीय सरकार तथा गण्डकी प्रदेश सरकारले चासो लिएको सदस्य विष्टले बताए।

प्रकाशित: २७ कार्तिक २०७७ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App