coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

वेस्ट इन्डिजलाई अभ्यासमा रोक

क्वारेन्टिन नियम उल्लंघन गरेको पाइएपछि न्युजिल्यान्ड भ्रमणमा रहेको वेस्ट इन्डिज क्रिकेट टोलीलाई अभ्यासमा रोक लगाइएको छ।

क्राइस्टचर्चस्थित वेस्ट इन्डिज टोलीलाई राखेको होटलको सिसी टिभी फुटेजमा वेस्ट इन्डिजका खेलाडीहरूले एकआपसमा खाना बाँडेर खाएको र सामाजिक दूरीलगातयतका अन्य स्वास्थ्य मापदण्ड पालना नगरेको देखिएको थियो। १४ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने भए पनि न्युजिल्यान्डले वेस्ट इन्डिज टोलीलाई अभ्यासको व्यवस्था मिलाएको थियो। सो अवधि शुक्रबार सकिँदै छ।

‘वेस्ट इन्डिज टोली न्युजिल्यान्ड भ्रमणमा आउनु हाम्रा लागि ठूलो कुरा हो तर उनीहरूले पनि नियम पूर्ण रूपमा पालना गर्नुप¥यो,’ न्युजिल्यान्ड क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी कोभिड १९ समुदायबाहिरै रहेकै हेर्न चाहन्छौं। वेस्ट इन्डिजले यसअघि भ्रमण दौरान सबै नियम पालना गर्ने सहमति गरे पनि उनीहरूले व्यवहारमा भने त्यसको उल्लंघन गरेका छन्। त्यसैले उनीहरूलाई दिइँदै आएको अभ्यासको व्यस्थामा तत्कालका लागि रोक लगाइएको छ।

वेस्ट इन्डिजले न्युजिल्यान्ड भ्रमण दौरान ३ ट्वान्टी–२० र २ टेस्टको शृंखला खेल्ने तालिका रहेको छ। शृंखलाअन्तर्गत पहिलो  ट्वान्टी–२० खेल अकल्यान्डमा नोभेम्बर २७ मा हुनेछ।

प्रकाशित: २७ कार्तिक २०७७ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App