१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

थोरै राहत अस्वीकार

इङ्लिस प्रिमियर लिग (इएफएल) का प्रमुख कार्यकारी निर्देशक रिचार्ड मास्टर्सले कोरोना भाइरस महामारीका कारण क्लबहरू आर्थिक संटकमा पर्ने भए पनि आफूहरू उनीहरूका लागि झुटा आश्वासन दिने पक्षमा नरहेको बताएका छन्।

प्रिमियर लिगका शीर्ष क्लबहरू आर्थिक संटकमा पर्ने संकेत पाएसँगै इएफएल र क्लबहरूबीच आर्थिक सहायताका लागि छलफल जारी रहे पनि दुवै पक्ष अहिलेसम्म कुनै निष्कर्षमा भने परेका छैनन्।  

तल्लो श्रेणीका क्लबहरूसमेत बन्द रंगशालामा फुटबल खेल्न बाध्य भएसँगै उनीहरू पनि आर्थिक संकटमा परेका छन्। इएफएलले यी क्लबहरूलाई राहत प्याकेजस्वरूप ५० मिलियन पाउन्ड उपलब्ध गराउने तयारी गरे पनि क्लबहरूले भने सो प्रस्ताव अस्वीकार गरेका थिए।  

मास्टर्सले यस योजनामा तेस्रो श्रेणीको लिग वानका साथै चौथो श्रेणीको लिग टु र च्याम्पियनसिप टोलीलाई समेत समावेश गर्नुपर्ने भएको र तत्काल सबैको माग सम्बोधन गर्न सम्भावना न्यून रहेको बताए।

‘प्रिमियर लिग यो समस्याको समाधान चाहन्छ तर अहिले हामी कसैलाई पनि राहत रकमस्वरूप यति रकम दिन्छाैं भन्दै क्लबहरूलाई खालि चेक दिन चाहँदैनांै,’ मास्टर्सले भने, ‘हामीले सबै क्लबको मागको सम्बोधन गर्दै योजना अघि बढाएका छौं। हामी अहिले नै कुनै सहमतिमा पुगिसकेका छैनौं तर छिट्टै सहमतिमा पुग्नेमा भने विश्वस्त छौं।’

प्रकाशित: २६ कार्तिक २०७७ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App