coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रियालको लज्जास्पद हार

कार्लोस सोलेरले पेनाल्टीको सहायताबाट ह्याट्रिक पूरा गरेपछि ला लिगामा लय समात्न संघर्ष गरिरहेको भ्यालेन्सियाले आइतबार रियाल मड्रिडलाई ४–१ को लज्जापूर्ण हार चखाएको छ।

केरिम बेन्जेमाको गोलबाट रियालले अग्रता लिए पनि भ्यालेन्सियाले आफ्नो घरेलु मैदान मेस्टालामा चार उपहार गोलमार्फत् पुनरागमनसहित रबाफिलो जित निकालेको हो। रियालका डिफेन्डर रफाइल भरानको आत्मघाती गोल र तीन पेनाल्टी गोलमार्फत्भ्या लेन्सियाले पाहुना टोलीमाथि अप्रत्याशित जित निकाल्यो। यो हारसँगै रियालले ला लिगाको उपाधि रक्षा गर्नेप्रति द्विविधासमेत सिर्जना गरेको छ। ‘त्यहाँ कुनै बहाना र स्पष्टीकरण दिने अवस्था नै छैन,’ प्रशिक्षक जिनेदिन जिदानले भने, ‘त्यो निकै खराब खेल थियो।’ सन् २०१८ को अक्टोबरमा बार्सिलोनासँग पाँच गोलको अन्तरले हार बेहोरेपश्चात् रियालले पहिलो पटक चार गोल बेहोरेको थियो।  

अन्तर्राष्ट्रिय विश्रामपछि रियाललाई लयमा देखिए पनि त्यसले निरन्तरता पाउन सकेन। गत महिना क्याडिज र साख्तर डोनस्टसँग लगातार हार बेहोरेपछि पुनः लयमा फर्किएको रियालले बलियो प्रतिद्वन्द्वी बार्सिलोना र हुयस्कालाई पराजित गरेको थियो। च्याम्पियन्स लिगमा पनि इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानसँग हार बेहोरेको रियालले ला लिगामा लय समात्न संघर्ष गरिरहेको भ्यालेन्सियासँग हार बेहोर्न पुग्यो। पुनः अन्तर्राष्ट्रिय विश्राम लिन रियालमाथि थप दबाब परेको छ, जो शीर्ष टोली रियाल सोसिडाडसँग चार अंकले पछि परिसकेको छ। बेन्जेमाले चोट बोकेका कारण मड्रिडका लागि हारसँगै खराब रातसमेत बनेको थियो।  

सन् २०१८ को अक्टोबरमा बार्सिलोनासँग पाँच गोलको अन्तरले हार बेहोरेपश्चात् रियालले पहिलो पटक चार गोल बेहोरेको थियो।  

‘हरेक पक्षबाट आज हाम्रा लागि खराब र निराशाजनक रह्यो,’ बेन्जेमाको चोट स्मरण गर्दै जिदानले भनेका थिए।  यता ट्रान्सफर विन्डोमा आफ्ना महŒवपूर्ण पाँच खेलाडी बेचेको भ्यालेन्सियाले यस सिजन त्यसको परिपुर्ति गर्न सकिरहेको थिएन, जसको खराब लय समात्न उसले संघर्ष गर्नुपरेको थियो। यो जितसँगै जाभी गार्सियाको टोली भ्यालेन्सिया नवौं स्थानमा उक्लिएको छ भने यस सिजनको सुखद सुरुआत जारी रहने सम्भावना पनि देखाएको छ। तथापि भ्यालेन्सियाको जितमा भाग्यको साथ र असामान्य पनि रह्यो। तर, पाएको पेनाल्टीमा पनि भ्यालेन्सियाले सदुपयोग ग¥यो। भ्यालेन्सियाका सोलेर तीन पटक नै मड्रिडका थिबाउट कोर्ट्वा बिट गर्न सफल भए।  

पहिलो पेनाल्टी प्रहारमा भने सोलेर चुके पनि बेल्जियन गोलकिपर कोर्ट्वा गोललाइन बाहिर आएका कारण भ्यालेन्सियाले पुनः अवसर पाएको थियो। दोस्रो पटक भने सोलेरले अवसर गुमाएनन्। ब्राजिलियन डिफेन्डर कासेमिरोलाई कोरोना पोजिटिभका कारण गुमाएको रियालले फराकिलो हारसँगै पुनः उसको रक्षापंक्तिमा प्रश्न उठेको छ। बलियो रक्षापंक्तिको प्रेरणाबाट गत सिजन उपाधि जितेको रियालले पछिल्ला सात खेलमा एक पनि क्लिन सिट प्राप्त गर्न सकेको छैन। ‘हामीले आफ्नो रक्षापंक्तिलाई बलियो बनाउनु पर्ने देखिएको छ,’ जिदानले भने, ‘यसमा सुधार ग-यौं भने खेलमा धेरै सुधार हुनेछ।’

ग्रानडालाई २–० ले हराएको शीर्ष स्थानको रियाल सोसिडाडले कम खेलाडी राखेका कारण जरिवानासमेत भोग्ने सम्भावना छ। २२औं मिनेटमा नाचो मोनरिलको गोलबाट अग्रता लिएको सोसिडाडले त्यसको दुई मिनेटपछि नै पेनाल्टी अवसरमार्पmत अग्रता दोब्बर बनाएको थियो। त्यो अग्रता नै सोसिडाडलाई जितका लागि पर्याप्त बन्यो र दोस्रो स्थानको भियारियल र तेस्रो स्थानको एट्लेटिकोसँग पनि अग्रता बढाउन सफल भयो। दुई खेल कम खेलेको एट्लेटिको सोसिडाडभन्दा तीन अंकले मात्र पछि छ। युनेई इमिरेको भियारियाल गेटाफेविरुद्ध ३–१ को जित निकालेसँगै अंकतालिकको दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित: २५ कार्तिक २०७७ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App