७ वैशाख २०८१ शुक्रबार
खेल

'एडभेन्चर स्पोर्टस'ले पर्यटन चलायमान

कोभिड–१९ ले सुस्ताएको सबै क्षेत्र सुस्ताएको छ। खेलकुद क्षेत्र विस्तारै उठ्न प्रयासमा छ। नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताले खेलकुद क्षेत्रलाई नयाँ आयाम दिने छ। सन्त्रासकै वातावरणमा फुटबल प्रशिक्षणको तयारी छ। बंगलादेशकै बंगबन्धु रंगशालामा होम एण्ड अवे खेल नेपालले खेल्ने छ।  

खेलकुद क्षेत्रसँगै अब सबै क्षेत्र बिस्तारै पुरानै लयमा फर्किन अझै समय लाग्ने छ। खेलकुद क्षेत्र जुर्मुराउने तर्खरमा रहँदा पर्यटन क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह हुने छ। खेलकुद र पर्यटन नङ र मासु झैं हुन्। अहिले पोखरामा बिस्तारै एडभेन्चर स्पोर्टसले गतिलिन थालेको छ। एडभेन्चर स्पोर्टसले टुरिज्मलाई समेत चलायमान बनाउन खोजेको छ। प्याराग्लाईडिङ, जिप फ्लाएर तथा बन्जी जम्प लगायत एडभेन्चर स्र्पोटसमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको छ।  

आन्तरिक पर्यटकको चहलपहलले पर्यटन क्षेत्रमा बिस्तारै नयाँ आशाका किरण देखा पर्न थालेको छ। ‘नेपालीहरु एडभेन्चर स्पोर्टसको लागि आएका छन्। रमाईरहेका छन्’ पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले भने–‘सुरक्षित र शान्त वातावरण खोज्दै एडभेन्चर स्पोर्टसमा रमाईने आन्तरिक पर्यटक आईरहेका छन्।’ उनले यो महामारीको समयमा पनि आन्तरिक पर्यटकको आगमनले व्यवसायीलाई नाफा भन्दा पनि चलाउनकै लागि सहज बनेको अभिव्यक्ति थियो।  

शून्यतामा रहेको पर्यटन फेरि उठ्न शून्यबाटै नै हो। शून्यबाट शुरुवात हुँदा आन्तरिक पर्यटकबाट प्रवद्र्धन हुने विश्वास छ। व्यवसायीलाई आफ्नो व्यवसाय धानिराख्न पनि छुट दिएर एडभेन्चर स्पोर्टसमा आन्तरिक पर्यटकलाई पोखरासम्म आउने वातावरण बनेको छ। ‘अबको पर्यटन प्रर्वद्धन नै आन्तरिक पर्यटनबाट हो।’ उनको भनाई थियो, ‘आन्तरिक पर्यटकबाटै पोखराको पर्यटन बिस्तारै चलायमान हुँदैछ।’ एडभेन्चर स्पोर्टसको लागि पोखरामा यतिबेला दैनिक दुई–तीन सय आन्तरिक पर्यटक आएको पर्यटन व्यवसायी नै बताउँछन्। प्याराग्लाईडिङ गर्नेको संख्या अधिक छ।  

कोरोनाको महामारीको समयमा पनि सर्वसाधारण दशैंमा विदा मनाउने घुम्न जान थालेका छन्। सुरक्षित स्थानमा घुम्न जाने सर्वसाधारणको संख्या बढ्दै गएको छ। विशेष गरी पोखरा र आसपासको क्षेत्रमा छोटो दूरीको पदयात्रामा जाने आन्तरिक पर्यटक उल्लेख्य छन्। ‘आन्तरिक पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र चलायमान बन्दै छ’ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका सचिव जीवनराज सापकोटाले भने–‘एडभेन्चर टुरिज्ममा जाने आन्तरिक पर्यटकको सहभागिता बढ्दै छ।’  

पोखरादेखि छोटो दूरीमा रहेको मर्दी हिमाल ट्रेक जाने बढी छन्। उनको भनाई अनुसार मर्दी हिमाल जाने नेपालीको फ्लो राम्रो छ। नेपालमै रहेका बाह्य पर्यटकको पनि मर्दी हिमाल ट्रेक गर्ने गरेका छन्। बाह्य पर्यटक आउन सहज नभएको अवस्थामा पनि नेपालीको पदयात्रा गर्ने प्रचलन बढ्दै गएकोले पनि पर्यटन प्रवद्र्धनमा नयाँ आशा पलाएको उनले बताए। साईक्लिङ र प्याराग्लाईडिङमा आन्तरिक पर्यटक रुची बढी छ।  

आन्तरिक पर्यटक अपेक्षा गरिए अनुसार पोखरा आगमन अझै बढेको छैन। दैनिकजसो कोभिड –१९ का विरामी बढ्दै गएको छ। काठमाडौं अझ बढी आक्रान्त बनेको छ। ‘आफ्नै सवारी लिएर आउने आन्तरिक पर्यटक आएका छन्। त्यो बाहेक अन्य आएका छैनन्’ नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिनयसन अफ नेपाल( नाटा) पोखराका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘एयर लायन्सले दिएको प्याकेज बनाएको छ। नाटाले पनि प्याकेज बनाउने योजना छ। तर यात्रा गर्ने यात्रु नै छैनन्।’ काठमाडौं सन्त्रास छाएपछि अन्य जिल्ला निस्कने अवस्था नै नभएको उनको भनाई थियो।  

प्याराग्लाईडिङ गर्ने आन्तरिकसँगै स्थानीय नै बढी छन्। एउटा टेण्डम फ्लाईटको केवल ३ हजार रुपैयाँ उडान हुँदै आएको छ। ‘सस्तोमा उडाउँदा आन्तरिक पर्यटकको सहभागिता उत्साहजनक छ’ नेपाल हवाई खेलकुद संस्थाका सदस्य चीनबहादुर बानियाँले भने–‘हिजो एक जना उड्ने पैसामा अहिले तीनजना उड्न पाएका छन्। त्यसैले पनि आन्तरिकको उत्साहजनक सहभागिता छ।’

प्रकाशित: ६ कार्तिक २०७७ ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App