coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

युनाइटेडको जितबाट सोल्सजायरलाई राहत

पिएसजीविरुद्ध पेनाल्टी गोल गरेपछि सहकर्मीका साथ म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस (बीच) । तस्बिर: एएफपी

दुई साताअघि म्यानचेस्टर युनाइटेडको अवस्था अन्योलपूर्ण थियो तर अहिले पेरिस सेन्ट जर्मन (पिएसजी) को अवस्था कठिन बनेको छ । ओले गनर सोल्सजायरको टोलीले मंगलबार च्याम्पियन्स लिग समूह ‘एच’ को भिडन्तमा पिएसजीको चुनौती २–१ ले समाप्त पारेको हो ।  

२०१९ मार्चमा च्याम्पियन्स लिग अन्तिम १६ मा युनाइटेडले पिएसजीमाथि २–१ कै जितका साथ अघिल्लो चरण प्रवेश गर्दा सोल्सजायरले अन्तरिमबाट स्थायी रूपमै मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । जहाँ युनाइटेडका लागि मार्कुस रासफोर्डले इन्जुरी समयमा पेनाल्टीबाट विजयी गोल गरेका थिए । मंगलबार पनि पिएसजीविरुद्ध युनाइटेडको जितमा रासफोर्डले नै निर्णयक गोल गरे । यस पटक पनि सोल्सजायर आफ्नो पद जोगाउन सफल भए ।  

युनाइटेडले घरेलु मैदानमा टोटेनह्यामसँग ६–१ को लज्जास्पद हार बेहोरेको मात्र दुई साता बितेको छ । सो हारपछि सोल्सजायरको ओल्ड ट्राफोर्ड भविष्य अन्योलमा परेको थियो । यसै साता सम्पन्न इङ्लिस प्रिमियर लिगमा युनाइटेड न्युक्यासल युनाइटेडमाथि ४–१ को जितका साथ सुखद लयमा फर्किएको थियो । सो जितबाट युनाइटेडले फ्रान्स भ्रमण गर्दा उच्च मनोबल बनाएको थियो ।  

पिएसजीविरुद्ध युनाइटेडका कप्तान ह्यारी म्याग्वेर अनुपस्थित थिए भने पाउल पोग्बा पनि बेन्चमा थिए । सोल्सजायरले २२ वर्षे एक्सेल त्वानजेबेलाई १० महिनामा पहिलो पटक पहिलो रोजाइबाट खेलाएका थिए । त्यस्तै रक्षक एलेक्स टेलेसले पनि युनाइटेडबाट डेब्यु गर्न भ्याए । म्याग्वेरको अनुपस्थितिमा युनाइटेडको कप्तानी सम्हालेका ब्रुनो फर्नान्डेसले पेनाल्टीको सदुपयोग गर्दा युनाइटेड खेलमा अघि बढेको थियो । उनले पहिलो पटक प्रहार गरेको पेनाल्टी विफल भएको थियो । पुनः लिइएको पेनाल्टीमा भने उनी सफल भएका थिए । ‘खेलाडीहरूले शतप्रतिशत प्रदर्शन गर्दा जित मिल्यो,’ सोल्सजायरले भने, ‘टोलीको रणनीति पनि सफल भयोे ।

प्रिमियर लिगमा खराब सुरुआत गरेको युनाइटेडले जितको लयमा फर्किएको संकेत त गरेको छ तर व्यस्त खेलतालिका भने सोल्सजायरको टोलीका लागि कठिन बन्न सक्छ ।

प्रिमियर लिगमा खराब सुरुआत गरेको युनाइटेडले जितको लयमा फर्किएको संकेत त गरेको छ तर व्यस्त खेलतालिका भने सोल्सजायरको टोलीका लागि कठिन बन्न सक्छ । अबका दुई लिग खेलमा युनाइटेडले चेल्सी र आर्सनललाई आतिथ्यता प्रदान गर्नेछ । त्यसपछि आरबी लिपजिगले ओल्ड ट्राफोर्डको भ्रमण गर्नेछ । नोभेम्बरको सुरुआतमा युनाइटेडले इस्तानबुल बसाकसियर र एभर्टनको भ्रमण गर्नेछ ।

‘हामीले खेलमा केन्द्रित हुन आवश्यक छ । आज हामीले बलियो टोलीविरुद्ध आफ्नो उत्कृष्टता प्रमाणित ग¥यौं । अब हामी प्रिमियर लिगका दुई खेल (चेल्सी र आर्सनल)का लागि केन्द्रित छौं,’ सोल्सजायरले भने । समूह ‘एच’ कै अर्को खेलमा आरबी लिपजिगले स्तानबुल बसाकसियरलाई २–० ले हरायो ।

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार भएको समूह ‘डी’ को खेलमा चेल्सी सेभियासँग गोलरहित बराबरीमा रोकिँदा समूह ‘एफ’ मा लाजियोले बोरुसिया डर्टमन्डलाई ३–१ ले हरायो ।

यता क्रिस्टियानो रोनाल्डोबिना उत्रिएको युभेन्ट्सले समूह ‘जी’ मा डाइनामो किभलाई २–० ले हराउँदा सोही समूहमा लियोनल मेसीको टोली बार्सिलोनाले फ्रेन्काभारोसमाथि ५–१ को सानदार जित हात पा-यो ।

प्रकाशित: ६ कार्तिक २०७७ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App