१६ चैत्र २०८० शुक्रबार
खेल

इङ्ल्यान्डको लक्ष्यमा गम्भीर धक्का

डेनमार्कलाई १–० को नतिजा सुम्पिएसँगै इङ्ल्यान्डको युइएफए नेसन्स लिगको समूहचरण पार गर्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ। विश्वविजेता फ्रान्सले क्रोएसियामाथि २–१ को जित हात पार्दा क्रिस्टियानो रोनाल्डोबिना उत्रिएको पोर्चुगलले स्विडेनमाथि ३–० को नतिजा निकालेको छ।  

वेम्बलीमा इङ्ल्यान्डका ह्यारी माग्वेर पहिलो हाफमा दोहोरो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा टोलीले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो। ३५आंै मिनेटमा क्रिस्टियन इरिक्सनले गरेको पेनाल्टी गोल डेनमार्कको जितमा पर्याप्त बनेको थियो। इङ्ल्यान्डले पछिल्लो २ वर्षमा घरेलु मैदानमा बेहोरेको यो नै पहिलो हार हो।  

‘ह्यारी माग्वेर शीर्ष खेलाडी हुन्,उनी हाम्रो टोलीका महत्वपूर्ण सदस्य हुन् र सधंै हाम्रो योजनाका पनि महŒवपूर्ण सदस्य हुन्,’ इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले भने, ‘सबैलाई थाहा छ उनी अहिले कठिन परिस्थितिबाट गुज्रिरहेका छन्। उनलाई यो परस्थितिबाट बाहिर आउन केही समय लाग्छ र हामीले यसलाई स्वाभाविक रूपमा लिएका छौं।’

गत साता इङ्ल्यान्डले आफ्नो समूहको फाइनलमा स्थान पक्का गरेको थियो तर यस पटक भने इङ्ल्यान्डको सोही लय दोहो¥याउने सम्भावना न्यून बनेको छ। लिग ‘ए’ समूह २ मा ४ खेलको समाप्तिमा बेल्जियम ९ अंकका साथ शीर्ष स्थानमा छ भने डेनमार्क र इङ्ल्यान्ड समान ७ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। आइसल्यान्डले भने अंक खाता खोल्न सकेको छैन।  

बुधबारै भएको अर्को खेलमा रोमेलु लुकाकुको दुई गोलप्रेरित बेल्जियमले आइसल्यान्डलाई २–१ ले हराएको थियो। इङ्ल्यान्डले नोभेम्बर १५ मा बेल्जियमको भ्रमण गर्नेछ।  

यता लिग ‘ए’ समूह ३  अन्तर्गत जागरेबमा एम्बाप्पेको दुई गोलमा फ्रान्सले क्रोएसियालाई २–१ ले हरायो। सोही समूहमा स्विडेनलाई ३–० ले हराउँदै पोर्चुगलले अपराजित यात्रलाई निरन्तरता दिएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै रोनाल्डो बुधबार पोर्चुगलको टोलीमा थिएनन्।  

४ खेलमा समान १० अंक जोडेका पोर्चुगल र फ्रान्स क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै ३ अंकका साथ क्रोएसयिा तेस्रो र अंकविहीन स्विडेन अन्तिम स्थानमा छन्।

‘क्रिस्टियानो रोनाल्डो हुँदा टोली सधै उत्कृष्ट हुने गर्दछ तर टोलीले उनीबिना पनि प्रतिस्पर्धा गर्न सक्छौ भन्ने प्रमाणित गरेको छ,‘पोर्चुगलका प्रशिक्षक फर्नान्डा सान्तोसले भने।  

वेम्बलीमा इङ्ल्यान्डका ह्यारी माग्वेर पहिलो हाफमा दोहोरो पहेंलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा टोलीले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो।

प्रकाशित: ३० आश्विन २०७७ ०४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App