७ वैशाख २०८१ शुक्रबार
खेल

पेलेलाई पछ्याउँदै नेइमार

नेइमार ह्याट्रिकका साथ ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने दोस्रो खेलाडीको सूचीमा अटाएको दिन कोपा अमेरिकाको साबिक विजेता टोलीले कतार विश्वकप २०२२ को छनोटमा पेरूलाई ४–२ ले हराएको छ।  

नेइमारले हालसम्म ब्राजिलबाट ६४ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्,जुन पेलेको भन्दा मात्र ११ गोल कम हो। नेइमारले ६२ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डोलाई भने पछि पारेका छन्। ब्राजिलविरुद्ध पेरूले आन्द्रे कारिल्लो र रेनाटो तापियाको गोलमा दुई पटक अग्रता लिएको थियो। तर नेइमारले दुई पटक पेनाल्टीमा गरेको विवादास्पद गोल एवं रिचार्लिसनको गोलमा ब्राजिलले विश्वकप छनोटमा जितको लयलाई लगातार दोस्रो खेलसम्म लम्ब्याएको थियो। छैटांै मिनेटमा कारिल्लोको गोलमा पेरू खेलमा अघि बढेको थियो। २८औं मिनेटमा नेइमारले पेनाल्टीको सदुपयोग गर्दा ब्राजिल खेलमा फर्किएको थियो। ५९औं मिनेटमा तापियाले बललाई जाली चुमाउँदै पेरूलाई पुनः खेलमा अघि बढाएका थिए।

नेइमारले हालसम्म ब्राजिलबाट ६४ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्,जुन पेलेको भन्दा मात्र ११ गोल कम हो। नेइमारले ६२ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डोलाई भने पछि पारेका छन्।  

त्यसको ५ मिनेटपछि नै ब्राजिललाई रिचार्लिसनले खेलमा फर्काएका थिए। ८३औं मिनेटमा नेइमारले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–२ को अग्रता दिलाएका थिए। निर्धारित समयको अन्तिम ४ मिनेट बाँकी हुँदा सासेडा र जाम्बरानो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि पेरूले ९ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। इन्जुरी समयको चौथो मिनेटमा नेइमारले ह्याट्रिक पूरा गरेसँगै ब्राजिलले ४–२ को सहज जित पक्का गरेको थियो। यता अर्र्जेन्टिनाले बोलिभियामाथि २–१ को कठिन जित हात पारेको छ। यसअघि लियानेल स्कोलानीको टोलीले बिहीबार इक्वेडरमाथि १–० को नतिजा निकालेका थियो।  

मार्सेलो मारेनो मार्टिन्सको गोलबाट बोलिभियाले अग्रता लिए पनि लौटारो मार्टिनेजले अर्जेन्टिनालाई खेलमा फर्काएका थिए। ज्याक्वेन कोरियाले गरेको गोल अर्जेन्टिनाका लागि निर्णायक बन्यो। दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएका अन्य खेलमा पाराग्वेले भेनेजुएलामाथि १–० को सुखद नतिजा निकाल्यो। पाराग्वेको जितमा गास्टोन जिमिनेको गोल पर्याप्त बन्यो। यता चिली र कोलम्बियाले भने २–२ को बराबरी खेलेका छन्। चिलीका अर्टुरो भिडाल र एलेक्सिस सान्चेजले गोल गरेका थिए भने कोलम्बियाका जेफरसन लेर्मा र राडामेल फाल्काओ समान एक गोल गरेका थिए।

प्रकाशित: २९ आश्विन २०७७ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App