coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

बन्यो डिपिआर, बनेन पूवार्धार

पोखरामा खेलकुदको पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भएपनि कार्यान्वयनमा आउन सकेको छैन । पोखरा महानगरपालिकाले पनि डिपिआर बनाएको खेलकुदको पूर्वाधारको काम अघि बढाउन सकेको छैन । डिपिआर बनेर आउँदा देखिने उत्साह कर्यान्वयनमा हुने ढिलाईले भने खेलकर्मीलाई निराश बनाएको छ ।  

पोखरा रंगशालास्थित क्रिकेट मैदानको डिपिआर बनेको दुई वर्ष भयो । दुई वर्षको अवधिमा सरकारले डिपिआर अन्तर्गत कुनैपनि विकासको काम भने गरेको छैन । रंगशाला क्रिकेट मैदानको लागि १ अर्ब ८५ करोडको डिपिआर तयार भएको छ । डिपिआर निर्माण भएसँगै राष्ट्रिय खेलकुद परिषदले गत वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित रकम कोभिड–१९ को रफ्तारसँगै स्थगित हुन पुग्यो । तीन पटक म्याद थपेर टेण्डर आह्वान गरिएपनि अन्तत: बैंक ग्यारेन्टी र तत्कालिन समयमा परिषद सदस्य विहीनले टेण्डर आह्वान बीचैमा रोकिएको थियो ।  

‘तीन करोड रुपैयाँले क्रिकेट मैदानको मुहार फेर्न सपना थियो । तर सपना साकार हुनै सकेन् ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘डिपिआर बनेपछि क्रिकेटको लागि यतिधेरै बजेट छुट्टिएको थियो । टेण्डर आह्वान भई काम हुने अपेक्षामा थियौं तर भएन ।’ १ अर्ब ८५ करोडको डिपिआरमा मैदानको स्तरोन्नतीसँगै छानासहितको पभेलियन, लाईट, ड्रेनेज, ल्याण्डस्केप, टिकट काउण्टर लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ ।  

राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्रै स्वीमिङ पुल र सुटिङ रेन्ज बनाउन समेत डिपिआर बनाईसकेको छ । बनाईएको डिपिआर अनुसार स्वीमिङको पुलको लागि २० करोड रुपैयाँको लागत उल्लेख छ । सुटिङ रेन्जको लागि १३ करोड रुपैयाँ अनुमान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकार अनुसार डिपिआर अनुसार २५ मिटर लम्बाई र  २५ मिटर चौडाईको पुल बन्ने छ । ‘हिटिङ स्वीमिङ बनाउने डिपिआर बनेको छ ।’ उनको भनाई थियो । डिपिआर गत आर्थिक वर्षमा बनाइएको हो । पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ । त्यसको लागि स्वीमिङ पुल र सुटिङ रेन्ज निर्माण अनिर्वाय छ । डिपिआर तयार भएपनि टेण्डर आह्वान मार्फत कार्यान्वयनमा लैजान भने ढिलाई हुदैं गएको छ ।  

सुटिङ रेन्जको लागि इक्युपमेन्ट सहितको हल बन्ने छ । डिपिआरमा उल्लेख भए अनुसार सुटिङ रेन्ज इलेक्ट्रोमेकानिलक इक्युपमेन्टसहितको बन्ने छ । त्यसको लागि पोखरा रंगशालाभित्र र्आचरी मैदानभन्दा पश्चित तर्फ जग्गा छुट्टाईसकिएको छ । गण्डकी प्रदेश सरकारले पनि पोखरालाई स्र्पोट्स हव बनाउने उद्देश्यसहित १ अर्ब ६४ करोडको प्रदेश अन्तरराष्ट्रिय क्रिकेट मैदान बनाउने योजना बनाउँदै डिपिआर बनाईसकेको छ । डिपिआरलाई कार्यान्वयन गर्ने योजनासहित प्रदेश सरकारले यो आर्थिक वर्षमा २ करोड रुपैयाँ क्रिकेट मैदानको लागि छुट्टाईसकेको छ ।  

पोखरा महानगरपालिकाले पनि शहरी क्षेत्रको सबैभन्दा उचाईमा फुटबल मैदान बनाउन पोखरा–२० मौजामा निर्माण गर्ने योजनासहित १६ करोड रुपैयाँ लागत अनुमानसहितको डिपिआर बनाईसकेको छ । । महानगरपालिका वडा नं २० मौजास्थित १७ सय मिटर उचाईमा फुटबल मैदानसहित खेलकुदका अन्य पूर्वाधार तयार पार्न डिपिआर तयार गरिएको हो । महानगरपालिकाले यो आर्थिक वर्षमा मौजाको अल्टिच्युड फुटबल मैदानको लागि १ करोड रुपैयाँ छुट्टाएको छ । ५६ रोपनीमा फुटबल मैदानहसहित, बास्केटबल र भलिबल कोर्ट बनाईने पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले बताए । उनका अनुसार डिपिआर बनेपनि कार्यान्वयनमा लैजान टेण्डर आह्वान हुन सकेको छैन् ।

प्रकाशित: २८ आश्विन २०७७ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App