८ वैशाख २०८१ शनिबार
खेल

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ।  

जुभेन्टस क्लबका अग्रपंक्तिका खेलाडी ३५ वर्षीय रोनाल्डो अहिले आइसोलेसनमा बसेका छन्। तर उनमा कुनै लक्षण देखिएको छैन।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेसन्स लिग प्रतियोगिताअन्तर्गत बुधबार स्विडेनसँग हुने खेलमा अब उनी सहभागी हुने छैनन्।

पोर्चुगलको फुटबल महासंघका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडीका रिपोर्ट भने कोरोना नेगेटिभ आएका छन्।  

यसअघि प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा पोर्चुगल र फ्रान्सबीच बराबरी भएको थियो।

प्रकाशित: २८ आश्विन २०७७ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App