६ वैशाख २०८१ बिहीबार
खेल

‘नाडालको सफलता पछ्याउनु चुनौतीपूर्ण’

इगा स्विटेकले करियरको पहिलो ग्रान्ड स्लाम फ्रेन्च ओपन जित्नुलाई जीवनमै परिवर्तन हुने अनुभवका रूपमा विश्लेषण गर्दै स्पेनिस स्टार राफाइल नाडालको जस्तो स्थिरतालाई पछ्याउनु चुनौतीपूर्ण हुने बताइन्।

१९ वर्षीया स्विटेक अस्ट्रेलियन ओपन च्याम्पियन सोफिया केनिनलाई ६–४ र ६–१ ले हराउँदै पोल्यान्डका लागि सिंगल्सतर्फ ग्रान्ड स्लाम जित्ने पहिलो महिला खेलाडी बनेकी थिइन्। नाडाल फ्रेन्च ओपनमा सबैभन्दा सफल खेलाडी हुन् भने उनले यस प्रतियोगितामा दर्जन उपाधिको कोसेढुंगा पार गरिसकेका छन्। स्विटेकले आफ्ना लागि सबैभन्दा ठूलो चुनौती यस प्रतियोगितामा नाडालको जस्तो सफलता पछ्याउनु हुने बताइन्। उनले पोल्यान्डकी सबैभन्दा सफल खेलाडी जाडविगा जेडरजोस्काको सफलतालाई पछ्याइरहेको अनुमान गरिएको छ। जाडविगाले सन् १९३९ को फ्रेन्च ओपन फाइनलमा हार बेहोरेकी थिइन्।  

‘मैले हरेक वर्ष राफाइल नाडालले उपाधि उचालेको देखेको छु र आज मैले पनि यसै प्रतियोगितामा उपाधि जितेको छु,’ स्विटेकले भनिन्, ‘यो उपाधि जित्छु जस्तो लागेको थिएन र अभैm पनि विश्वास छैन। यो उपाधिले जीवन नै परिवर्तन हुने किसिमको अनुभव प्राप्त भएको छ।’  विश्व वरीयतामा ५४औं स्थानकी स्विटेक यो उपाधि जित्ने सबैभन्दा कम वरीयताकी खेलाडी हुन्। सन् १९९२ पछि फ्रेन्च ओपन जित्ने सबैभन्दा कम उमेरकी खेलाडी स्विटेकले आफ्नो वरीयतामा पनि सुधार गर्नेछिन्। सन् १९९२ मा मोनिका सेलेसले १८ वर्षकै उमेरमा यो उपाधि जितेकी थिइन्।  

स्विटेकको खेल्ने शैली तीन पटकका फ्रेन्च ओपन च्याम्पियन म्याट्स विलान्डरको जस्तै छ। ‘भर्खर १९ वर्ष भएकाले मैले अझ धेरै सुधार गर्न सक्छु भन्ने लाग्छ। मेरो खेलमा धेरै सुधार ल्याउनुपर्नेछ भन्ने मलाई थाहा छ,,’ स्विटेकले भनिन्, ‘अभैm मेरा लागि सबैभन्दा ठूलो चुनौती यो लयलाई निरन्तरता दिनु हो। पछिल्ला समय महिलातर्पm धेरै नयाँ नयाँ खेलाडी आइरहेका छन्, त्यसको एक कारणमध्ये राफाइलले जस्तो लयलाई निरन्तरता दिन नसक्नु हो।’ स्विटेक सन् २०१२ पछि कुनै पनि ग्रान्ड स्लामको फाइनलमा पुग्ने पोल्यान्डकी महिला खेलाडी बनिन्। सन् २०१२ मा पोल्यान्डकी एग्नियस्की राडवान्स्का विम्बल्डन ओपनको फाइनलमा पुगे पनि उपाधिविहीन भएकी थिइन्।  

‘मेरा लागि सबैभन्दा ठूलो चुनौती यो लयलाई निरन्तरता दिनु हो। पछिल्ला समय महिलातर्फ धेरै नयाँ नयाँ खेलाडी आइरहेका छन्, त्यसको एक कारणमध्ये राफाइलले जस्तो लयलाई निरन्तरता दिन नसक्नु हो।’

प्रकाशित: २६ आश्विन २०७७ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App