८ वैशाख २०८१ शनिबार
खेल

कपिलवस्तुमा कभर्ड हल निर्माण

कपिलवस्तुको बाणगंगा नगरपालिका– ११ ओदारीमा ५५ लाखको लागतमा कभर्ड हल निर्माण गरिएको छ। निर्माण भएको यो कभर्ड हल नगरपालिकाको पहिलो र जिल्लाको दोस्रो  हो। सांसद चक्रपाणि शर्मा बलदेवको संसदीय विकास कोषबाट १० लाख, प्रदेश ५ सामाजिक विकास मन्त्रालयबाट १५ लाख, बाणगंगा नगरपालिकाबाट १५ लाख, ११ नम्बर वडा कार्यालयबाट ८ लाख र अन्य स्थानीय युवा र उद्योगीको आफ्नै पहलमा गरी ५५ लाखमा कभर्ड हलको निर्माण भएको वडाध्यक्ष सोम अर्यालले बताए।  

कभर्ड हलको कृषिमन्त्री तथा प्रतिनिधिसभा सदस्य चक्रपाणि खनाल, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रदेश ५ का सांसद विष्णु पन्थी र नेपालका लागि भारतीय पूर्वराजदूत दीपकुमार उपाध्यायलगायतले रिबन काटेर उद्घाटन गरे र सो अवसरमा सहभागीहरूले  ब्याडमिन्टनसमेत खेलेका थिए। पूर्वमन्त्री खनालले कोरोना माहामारीबीच पनि समयमै निर्माण काम सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कभर्ड हलको निर्माणले इन्डोर खेलको विकासमा मद्दत मिल्ने बताए।

कभर्ड हल निर्माण समितिका संयोजक तथा ओदारी ब्याडमिन्टन क्लबका अध्यक्ष मनोहरकुमार योगीले कभर्ड हल र सामुदायिक भवनलाई अझै राम्रो बनाउन थप बजेट आवश्यक परेकाले सबैबाट सहयोग हुने आशा व्यक्त गरे। वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले कभर्ड हलसंँगै प्रथम वडाध्यक्ष कप नगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको बताए।

प्रकाशित: २६ आश्विन २०७७ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App