७ वैशाख २०८१ शुक्रबार
खेल

तेवातिया र परागको आक्रामक ब्याटिङ

युवा ब्याट्सम्यान राहुल तेवातिया र रियान परागको आक्रामक ब्याटिङप्रेरित राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि पाँच विकेटको जित निकालेको छ ।  

दुबई अन्तर्राष्ट्रिय रंगशालामा १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले तेवातिया र परागको ८५ रनको अविजित साझेदारीमा एक बलअगावै जित निकालेको हो । तेवातिया र परागले छैटौं विकेटका लागि ४७ बलमा ८५ रनको साझेदारी गरेका थिए । तेवातियाले ४५ र परागले ४२ रनको अविजित इनिङ खेल्दै राजस्थानलाई ७ खेलमा तेस्रो जित दिलाए ।  

यस सिजनको पहिलो खेल खेलेका ओपनर बेन स्टोक्स ५ रनमा आउट हुँदा अर्का ओपनर जोस बट्लर पनि १६ रनमा पवेलियन फर्किएका थिए । कप्तान स्टिभ स्मिथ पनि ५ रनमै आउट भए । तर, सन्जु सामसन र रविन उथप्पाले इनिङ सम्हाल्ने प्रयास गरे पनि दुवैलाई हैदराबादका बलर रासिद खानले पवेलियनको बाटो देखाए । तथापि, युवा स्टार तेवातिया र परागले आक्रामक ब्याटिङ गर्दै राजस्थानलाई हारबाट जोगाए । हैदरबादका खलिल अहमेद र रासिदले २÷२ विकेट लिँदा अन्य बलर विकेटविहीन भए । यो हारसँगै हैदराबादले जारी लिगका सात खेलमा तेस्रो हार बेहोरेको छ ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरको समाप्तिमा चार विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो । मध्यम स्कोर बनाउँदा मनीष पाण्डेले अर्धशतकीय इनिङ खेले । पाण्डेले दुई चौका र तीन छक्काको मद्दतमा ५४ रनको योगदान गरे । पाण्डे १८औं ओभरमा जयदेव उनादकटको सिकार भएका थिए । हैदराबादले पहिलो विकेटका रूपमा पाँचौं ओभरमा २३ रन हुँदा जोनी बेयस्र्टाेलाई गुमाएको थियो ।  

अर्का डेविड वार्नरले पाण्डेसँग दोस्रो विकेटका लागि ६० बलमा ७३ रनको साझेदारी गर्दै हैदराबादको इनिङ उकासेका थिए । वार्नर ४८ रनमा १५औं ओभरमा जोफ्रा आर्चरको बलमा आउट भएका थिए । बलिङतर्पm हैदराबादका आर्चर, उनादकट र कार्तिक त्यागीले समान १/१ विकेट हात पारे । आइपिएलमा सोमबार रोयल च्यालेन्जर्स  

बैङ्लोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित: २६ आश्विन २०७७ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App