coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोभिडकै कारण रोकिए ठूला गल्फका प्रतियोगिता

कोभिड–१९ ले खेलकुद क्षेत्रको प्रताडित बनाएको छ। एकै वर्ष पाँचवटा राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिएको गल्फको कोरोनाकै कारण स्थगित हुन पुग्यो। एकातिर कोरोनाले प्रतियोगिता ठप्प हुँदा अर्कोतिर भने निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पानीको निकास(आउटलेट)ले होलको ग्रिन नै पुरिदिएको छ। पानीको निकासको लागि बनाइएको नाला समेत भत्किएपछि गल्फ कोर्ष क्षतिग्रस्त बनेको हो। कोर्ष बनाउन सकस र खर्चिलो छ।

पोखरामै हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा स्ट्याण्डर्ड चार्टर गल्फ टुर्नामेन्ट, हुण्डाई गल्फ, बाह्रखरी गल्फ प्रतियोगिता, नियमित आयोजना हुने सूर्य नेपाल वेष्टर्न ओपन र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हुने गल्फ प्रतियोगिता कोरोनाकै कारण रोकिएको हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले बताए। ‘कोभिडकै कारण पाँचवटा प्रतियोगिता नहुने सम्भावना बढेर गएको छ’ उनले भने–‘कोरोनाको कहर कहिले कम हुने हो यकिन छैन।’

स्ट्याण्डर्ड चार्टर, हुण्डाई र बाह्रखरी गल्फ प्रतियोगिता आयोजना गर्न सम्बन्धित अधिकारीहरुले गल्फ कोर्षको भ्रमण समेत गरिसकेका थिए। प्रतियोगिता आयोजना गर्ने निर्णयसहित फर्किएका थिए। तर कोरोना कहरले स्थगित हुने सम्भावना छ। ‘बाह्रखरीले डिसेम्बरमा आयोजना गर्ने तयारी गरेको थियो ’व्यवस्थापक गुरुङले भने–‘त्यसको लागि बाह्रखरीका सम्पादक प्रतिक प्रधानले कोर्ष हेरेर फर्किएका थिए।’  

यो वर्ष आयोजना गर्ने ती प्रतियोगिता बाहेक मन्थ्ली मेडल, वार्षिक मेडल लगायतका प्रतियोगिता हुन्थ्यो। ती पनि रोकिएका छन्। यो सिजन पोखरा आउने बाह्य पर्यटकले गल्फ कोर्षमा खेल्ने पुग्थे। यसै वर्ष अधिक वर्षाको रेकर्ड छ। ५ हजार ४ सय मिलिमिटर पानी परेको तथ्यांक छ। अधिक पानी परेकै कारण निर्माणाधीन एयरपोर्टको पानीको निकासाको लागि बनाइएको नाला भत्किएको छ। नाला भत्किँदा गल्फ कोर्षको फेर वे पूर्ण रुपमा क्षति पुगेको छ।

‘एयरपोर्ट पानीको निकाससँगैे पहिरो झरेपछि ८ औं नम्बरको होल पुरिएको छ’ उनले भने–‘होल फेरि पुरै बनाउनुपर्छ। ९ औं होलको टि समेत ध्वस्त बनाएको छ।’ गल्फ कोर्षको ग्रिन लगायतका अन्य काम गर्दा निकै खर्चिलो हुने उनको भनाई थियो। उनका अनुसार एक करोड भन्दा बढी खर्च हुन्छ। गल्फ आफैंमा खर्चिलो खेल भएको उल्लेख गर्दै व्यवस्थापक गुरुङले कोर्षलाई नियमित रुपमा मर्मत सम्भार गर्नुपर्ने बताए। ‘गल्फ नखेलेपनि कोर्ष भने नियमित मर्मत सम्भार गर्नुपर्छ’ उनले भने–‘त्यसले गर्दा नि खर्चिलो देखिन्छ।’

प्रकाशित: २५ आश्विन २०७७ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App