coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फिनिसिङमा चुक्यो पन्जाब

सानदार सुरुआत गरेको किङ्स इलेभेन पन्जाब फिनिसिङमा चुकेपछि जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार कोलकाता नाइट राइडर्ससँग २ रनको स्तब्धपूर्ण हार बेहोर्न बाध्य भएको छ।  

१ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि ओपनरद्वय लोकेश राहुल र मयंक अग्रवालले १ सय १५ रनको साझेदारी गरे पनि कोलकोताले रोमाञ्चक पुनरागमन गर्दै जित दर्ता ग¥यो। कोलकाताका बलर प्रसिध कृष्णा र सुनील नारिनले अन्तिम ५ ओभरमा लगातार विकेट दिलाउँदै पन्जाबलाई रोके। प्रसिधले ३ विकेट हात पार्दा सुनीलले दुई विकेट निकालेका थिए। प्रसिधले १५औं ओभरको दोस्रो बलमा मयंक अग्रवाललाई ५६ रनमा पवेलियनको बाटो देखाउँदा खेलमा झीनो आशा देखिएको थियो। प्रसिधले नै १९औं ओभरको अन्तिम बलमा कप्तान लोकेश राहुललाई ७४ रनमा बोल्ड गरेपछि पन्जाबको जित कठिन भएको थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका निकोलस पुरनले आक्रामक ब्याटिङ गरे पनि कोलकाताका बलर नारिनले बोल्ड गर्दै पन्जाबको इनिङलाई थप दबाबमा राखेका थिए। पन्जाबको जितका लागि अन्तिम तीन ओभरमा २२ रन आवश्यक थियो, तर नारिन र प्रसिधले किफायती बलिङका साथ विकेट लिँदै हारको संघारमा पुगेको कोलकातालाई महŒवपूर्ण जित दिलाए।  

यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले  कप्तान दिनेश कार्तिक र ओपनर शुभमन गिलको अर्धशतकीय पारीमा १ सय ६४ रन जोडेको थियो। निर्धारित २० ओभरको खेलमा कोलकाताले ६ विकेट गुमाएर किङ्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको चुनौती पेस गरेको थियो। १० ओभरमा तीन विकेट गुमाएर जम्मा ६३ रन बनाएको अवस्थामा कार्तिक र गिलले बलियो साझेदारी गर्दै कोलकातालाई मध्यम स्कोरतर्फ पु¥याएका थिए। अर्धशतकीय इनिङ खेल्दा कार्तिकले २९ बल खेलेर ८ चौका र २ छक्काको मद्दतमा ५८ रन जोडे।  यस्तै गिलले ४७ बल खेलेर ५७ रनको व्यक्तिगत स्कोर बनाउँदै पवेलियन फर्किए। १२ रन जोड्दा पहिलो विकेट गुमाएको कोलकाताका लागि इयोन मोर्गानले २४ जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्। ओपनर राहुल त्रिपाठी मोहम्मद सामीको बलमा बोल्ड हुँदै पवेलियन फर्किंदा आन्द्रे रसेल्स ५ रनमा आउट भए। नीतीश राना दुई रनको स्कोर बनाउने क्रममा रनआउट भए।  

दबाबपूर्ण बलिङ गरेको किङ्स इलेभेनका लागि अर्शदीप सिंहले २ विकेट हात पार्दा क्रिस जोर्डन र मुजिब उर रहमानको नाममा एक÷एक विकेट रह्यो। सर्वाधिक दुई विकेट लिएका सिंहले चार ओभर बलिङ गर्दा एक मेडन ओभर राख्दै २५ रन खर्चिएका थिए।  आइपिएलमा आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा सन राइजर्स हैदराबादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल साबिक विजेता मुम्बई इन्डियन्स र तालिकाको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सबीच हुनेछ।

पन्जाबको जितका लागि अन्तिम तीन ओभरमा २२ रन आवश्यक थियो, तर नारिन र प्रसिधले किफायती बलिङका साथ विकेट लिँदै हारको संघारमा पुगेको कोलकातालाई महत्वपूर्ण जित दिलाए।

प्रकाशित: २५ आश्विन २०७७ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App