८ वैशाख २०८१ शनिबार
खेल

नाडालको घरमा जोकोभिचको चुनौती

फ्रेन्च ओपन फाइनल

नोभाक जोकोभिच र राफाइल नाडालले ओपनतर्पm ५६औं पटक एकअर्काबीच चुनौती तय गर्दा आइतबार फ्रेन्च ओपनको फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

विश्व नम्बर एक सर्बियन स्टार जोकोभिच करियरको १८औं ग्रान्ड स्लाम र दोस्रो पटक फ्रेन्च ओपनको उपाधि उचाल्ने लक्ष्यका साथ आइतबार नाडालविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्। जोकोभिचले यस पटकको फ्रेन्च ओपन जितेमा चारै ग्रान्ड स्लाममा दुई उपाधिको कोसेढुंगासमेत पार गर्नेछन्।

दुवै स्टारले ५६औं पटक एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दा जोकोभिचले २९ जित आफ्नो नाममा लेखाएका छन्। डिफेन्डिङ च्याम्पियन नाडाल पनि १३औं पटक फ्रेन्च ओपन जित्दै करियरको २०औं उपाधि उचाल्न चाहन्छन्। नाडालले त्यो सफलता हात पारेमा पुरुषतर्पm रोजर फेडेररको नाममा रहेको सर्वाधिक २०औं ग्रान्ड स्लामको रेकर्ड बराबर गर्नेछन्।

साथै विश्व नम्बर दुई नाडालले आइतबार जोकोभिचविरुद्धको फाइनल जितेमा पेरिसमा सयौं जितको संख्या पनि आफ्नो नाममा लेखाउनेछन्। फ्रेन्च ओपनमा आफ्नो १५ वर्षे करियरमा नाडालले दुई हार मात्र बेहोरेका छन्। नाडालको फ्रेन्च ओपनमा केही हारमध्ये २०१५ मा जोकोभिचसँग क्वार्टरफाइनलमा स्तब्ध भएका थिए। यस प्रतियोगितामा नाडालको रेकर्ड राम्रा रहेकाले उनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ। तथापि, यस वर्ष उत्कृष्ट लयमा रहेका जोकोभिचविरुद्ध जित दर्ता गर्न नाडाललाई सहज भने हुनेछैन। जोकोभिचले यस वर्ष लगातार ३७ खेल जित्दा जित्दा एक मात्र डिसक्वालिफाइड भएर प्रतियोगिताबाट बाहिरनुपरेको थियो।  

जोकोभिचले यस पटकको फ्रेन्च ओपन जितेमा चारै ग्रान्ड स्लाममा दुई उपाधिको कोसेढुंगासमेत पार गर्नेछन्। दुवै स्टारले ५६औं पटक एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दा जोकोभिचले २९ जित आफ्नो नाममा लेखाएका छन्।  

सेमिफाइनलमा भने शीर्ष खेलाडी जोकोभिचले स्टेफानोस सिटसिपासको कठिनपूर्ण चुनौती सामना गर्दा पाँचौं सेट खेल्नुपरेको थियो, तथापि उनले जित निकाल्न सफल भए। ‘यस सिजन उनले सबैजसो प्रतियोगितामा सफलता प्राप्त गरिसकेका छन्,’ ग्रिकका स्टार सिटसिपासले भने। ३३ वर्षे जोकोभिच र ३४ वर्षे नाडाल लामो समयदेखि प्रमुख प्रतिद्वन्द्वी हुन्, तर जोकोभिचले पछिल्ला १८औं भेटमा नाडाललाई १४ पटक स्तब्ध बनाएका छन्। ‘यो प्रतियोगिता राफाको घरजस्तै हो,’ क्ले कोर्टका बादसाहसँग प्रतिस्पर्धा गर्नुअघि जोकोभिचले भने, ‘क्ले कोर्ट उनलाई चुनौती दिन निकै कठिन नै हुनेछ।’

यता, नाडालले भने यस पटकको अवस्था र परिवेश फरक भएकाले पुरानो रेकर्डले खासै अर्थ नराख्ने बताएका छन्। ‘अहिलेको परिस्थिति फरक छ। प्रतियोगिता र अवस्था पनि केही फरक छ,’ नाडालले भने, ‘मैले केबल नोभाकसँग खेल्नुपर्छ र उनीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्छ भन्ने मात्र सोचेको छु। पुराना इतिहासले वर्तमानमा केही फरक पर्दैन र यस पटक उनीसँग खेल्न कठिन नै हुनेछ।’ नाडालले यस कोर्टमा लामो समय खेलेकाले धेरै जानकार रहेको भने स्वीकार गरे। तथापि, जोकोभिच निकै कठिनपूर्ण प्रतिद्वन्द्वी हुने नाडालको भनाइ छ।

प्रकाशित: २५ आश्विन २०७७ ०२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App