coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शर्मालाई बक्सिङ संघको सहयोग

पाँच पटक राष्ट्रिय च्याम्पियन पूर्वबक्सर ओमप्रकाश शर्माको स्वास्थ्य उपचारका लागि नेपाल बक्सिङ संघले बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल बक्सिङ संघले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै पूर्वबक्सर शर्मालाई उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको हो ।  

बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनाअघि प्यारालाइसिसबाट थलिएका थिए । वि.सं. २०३३ सालदेखि बक्सिङ खेल्न सुरु गरेका शर्मा पाँच पटक राष्ट्रिय च्याम्पियन हुन् ।  

उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । यसअघि बुधबार नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले पनि पूर्वबक्सर शर्मालाई आर्थिक सहयोग प्रदान गरेका थिए । श्रेष्ठले मरु गणेशस्थित शर्मा निवासमै पुगेर व्यक्तिगत रूपमा पूर्वबक्सरलाई ५० हजार रूपैयाँ सहयोग गरेका थिए ।

प्रकाशित: २३ आश्विन २०७७ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App