coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्वर्ण विजेता पलिस्था सम्मानित

थाइल्यान्डमा सम्पन्न विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्णविजेता पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् ।  

पलिस्थाले सन् २०१९ मा बैंककमा भएको १६औं मुवाँथाई विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । उनै पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्वखेलाडी प्रफुल श्रेष्ठले नगद १५ हजारसहित सम्मान गरेको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पलिस्थालाई एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतको उपस्थिति थियो । १३ वर्षीया पलिस्थाले विश्व च्याम्पियनसिपमा ३० केजी तौलसमूहमा स्वर्ण जितेकी थिइन् ।  

पलिस्था नेपालमै विभिन्न समयमा भएका तीन फरक संस्करणको इन्डो–नेपाल मुवाँथाईंको स्वर्णविजेतासमेत हुन् । नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष कक्षपतिले पूर्वखेलाडी श्रेष्ठलाई खेलाडीको हौसला बढाउने कार्य गरेकोमा धन्यवाद दिँदै सानै सम्मानले पनि खेलाडीमा ऊर्जा सञ्चार गर्न महŒवपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । सम्मानित पलिस्थाले भविष्मा अझ राम्रो प्रदर्शन गर्न मनोबल उच्च बनाएको बताउँदै सम्मानले अन्य खेलाडीलाई पनि खेलकुदमा लाग्न प्रेरणा दिने बताइन् ।

प्रकाशित: २३ आश्विन २०७७ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App