८ वैशाख २०८१ शनिबार
खेल

जोकोभिचलाई चोट बाधक बन्न सक्ने

खेलका दौरान काँध र घाँटीमा समस्या भएपछि मालिस गराउँदै नोभाक जोकोभिच । तस्बिर: एएफपी

नोभाक जोकोभिच चारै ग्रान्ड स्लाममा दुई उपाधिको कोसेढुंगा पार गर्ने पहिलो पुरुष टेनिस खेलाडी बन्नबाट दुई जित टाढा रहँदा फ्रेन्च ओपन बाधक हुने देखिएको छ ।

विश्व नम्बर एक जोकोभिचले कुल १७ ग्रान्ड स्लाम आफ्नो नाममा लेखाउँदा आठ अस्ट्रेलियन ओपन, पाँच विम्बल्डन र तीन युएस ओपनको उपाधि छ भने फ्रेन्च ओपनमा भने एक मात्र उपाधि छ । फ्रान्सको राजधानी पेरिस जोकोभिचलाई चारै ग्रान्ड स्लाममा दुई उपाधिको कोसेढुंगा पार गर्ने पहिलो पुरुष टेनिस खेलाडी बन्नबाट राफाइल नाडाल पनि बाधक बन्ने सम्भावना देखिएको छ । पहिलो ग्रान्ड स्लामको रूपमा २००५ को फ्रेन्च ओपन उचालेका नाडालले १२औं पटक यस प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाइसकेका छन् ।

उनले फ्रेन्च ओपनमा ९८ जित निकाल्दा दुई हार मात्र बेहोरेका छन् । यता, जोकोभिचका लागि नाडालसँगै चोट पनि ठूलो बाधक बन्न सक्नेछ । बुधबार क्वार्टरफाइनलमा पाब्लो बुस्टालाई स्तब्ध बनाउँदा नै जोकोभिचले चोटसँग निकै संघर्ष गरेका थिए । खेलदौरान घाँटी र काँधमा समस्या देखिँदा कयौं पटक ट्रेनरबाट मालिस पनि गराएका थिए । यद्यपि शीर्ष खेलाडी जोकोभिच स्पेनका बुस्टालाई ४–६, ६–२, ६–३ र ६–४ ले हराउँदै सेमिफाइनलको यात्रा भने तय गर्न सफल भए । उनका पूर्वप्रशिक्षक बोरिस बेकरले जोकोभिच रेकर्डनजिक पुग्दा केही दबाब महसुसको गरेको उल्लेख गरेका छन् ।  

बुधबार क्वार्टरफाइनलमा पाब्लो बुस्टालाई स्तब्ध बनाउँदा नै जोकोभिचले चोटसँग निकै संघर्ष गरेका थिए । खेलदौरान घाँटी र काँधमा समस्या देखिँदा उनले कयौं पटक ट्रेनरबाट मालिस पनि गराएका थिए ।

‘घाँटी र काँधमा दुखाइ पक्कै हो । त्यसैले शारीरिक रूपमा समस्या भएको स्वीकार गर्छु । तर, मानसिक रूपमा भने म ठीक छु,’ जोकोभिचले भने, ‘त्यसैले सहजै अन्य खेलमा पनि प्रदर्शन गर्न सक्ने आत्मविश्वास छ र दबाब पनि शून्य प्रतिशतमा छ ।’ जोकोभिचले सन् २०१६ मा फ्रेन्च ओपनको उपाधि जित्दै चारै ग्रान्ड स्लामको सफलता आफ्नो करियरमा थपेका थिए । जोकोभिचले सन् २००८ को अस्ट्रेलियन ओपन उचाल्दै करियरको पहिलो ग्रान्ड स्लामको सफलता चुमेका थिए । यस पटकको फ्रेन्च ओपन जितेमा जोकोभिचले चारै ग्रान्ड स्लाममा ७० जितको आँकडा पनि पूरा गर्नेछन् ।

तथापि चोटसँग जित निकाल्न जोकोभिचले कठिन नै हुने अनुमान पनि गरिएको छ । उनले ग्रान्ड स्लाममा सात पटक चोटका कारण रिटायर्ड लिएको यथार्थ पनि छ । ‘खेलको दौरान समस्या देखिए पनि खेलपश्चात् भने खासै दुखाइको अनुभूति भएन,’ जोकोभिचले भने, ‘घाँटी र काँधको दुखाई अब दोहोरिन्न भन्ने आशामा छु ।’ साथै उनले शुक्रबारको सेमिफाइनलमा स्टेफानो सिटसिपासको चुनौती पनि पार गर्नुपर्नेछ । अर्को सेमिफाइनलमा नाडाल र डिएगो स्कर्चमेन प्रतिस्पर्धा गर्नेछन् । 

प्रकाशित: २३ आश्विन २०७७ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App