पेत्रा कभितोभाले सोमबार आठ वर्षपछि फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाउँदा चीनकी झाङ सुईलाई स्तब्ध बनाएकी छन्। हातमा चोटका कारण गत संस्करण गुमाएकी दुई पटक विम्बल्डन च्याम्पियन पेत्राले सन् २०१२ पछि दोस्रो पटक पेरिसमा उत्कृष्ट प्रदर्शन गर्दा सोमबार क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।
उनले सन् २०१२ को संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन्। विश्व नम्बर ११ की पेत्राले झाङलाई ६–२ र ६–४ ले हराउँदै क्वार्टरफाइनलमा जर्मनीकी भेट्रान खेलाडी लौरा सिगमन्डसँगको भेट पक्का गरेकी छन्। ‘खेल निकै कठिन नै थियो,’ पेत्राले भनिन्, ‘उनको सर्भ निकै राम्रो थियो र उनीले आक्रामक शैलीमा समेत खेलिन्। जितपछि धेरै खुसी छु र इन्डोरभित्र खेल्न पाउँदा निकै खुसी छु।’
३२ वर्षे सिगमन्डले जुनियरका पूर्वच्याम्पियन पाउला बाडोसलाई ७–५ र ६–२ ले हराउँदै पहिलो पटक कुनै पनि ग्रान्ड स्लामको सिंगल्सतर्पm क्वार्टरफाइनलमा स्थान बनाइन्। उनी यस प्रतियोगिताको अन्तिम आठमा पुग्ने चौथो गैरवरीयता प्राप्त खेलाडी भइन्। यसअघि इगा स्विटेक, नाडिया पोडोरोस्का र मार्टिना ट्रेभिसानले अन्तिम आठमा स्थान बनाइसकेका छन्। ‘मेरो योजनाअनुरूप प्रदर्शन गर्न सकिनँ भने पनि रिसाउँदिनँ,’ सिगमन्डले भनिन्, ‘मलाई लाग्छ हामी दुवैले संघर्ष नै ग¥यौं। तर, यति फरक छ कि मैले केही राम्रो गर्न सकेँ।’
सिगमन्ड गत महिना मात्र युएस ओपनमा भेरा जिआनारेभासँग मिलेर वुमन डबल्सतर्पm च्याम्पियन भएकी थिइन्। महिलातर्पm शीर्ष वरीयताका विश्व नम्बर चारकी सोफिया केनिनसँगै विश्व नम्बर तीन इलिना सभितोलिनाले पनि प्रतियोगिताको यात्रा जारी राखेका छन्। सिमोना हालेपसँगै वरीयता प्राप्त अधिकांश खेलाडी प्रतियोगिताबाट बाहिरिँदा चार खेलाडीले भने फ्रेन्च ओपनको यात्रा जारी राखेका हन्। अस्ट्रेलियन ओपन च्याम्पियन केनिनले अन्तिम आठको यात्राका लागि गैरवरीयताकी फ्रान्सेली खेलाडी फियोना फिरोसँग खेल्नेछिन्।
प्रकाशित: २० आश्विन २०७७ ०१:०५ मंगलबार