७ वैशाख २०८१ शुक्रबार
खेल

खराब सुरुआतबाट समालियो मुम्बई

कप्तान रोहित शर्मालाई पहिलो ओभरमै गुमाए पनि मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार सनराइजर्स हैदराबादलाई पराजित गरेको छ।

खराब सुरुआत गरे पनि मुम्बईले समालिँदै हैदराबादलाई ३४ रनले स्तब्ध बनाएसँगै पाँचौं खेलबाट तेस्रो सफलता आत्मसात् गरेको हो। २ दुई ९ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाएपछि मुम्बईले पाँच खेलबाट ६ अंक बटुलेको हो। विशाल लक्ष्य पछ्याएको हैदराबादले आक्रामक रणनीति बनाउँदै राम्रो सुरुआत गरे पनि सफलता भने हात पार्न सकेन। हैदराबादका कप्तान एवम् ओपनर डेविड वार्नरले ४४ बलमा ६६ रनको आक्रामक ब्याटिङ गरेका थिए। यद्यपि, अन्य ब्याट्सम्यानले राम्रो साथ दिन नसक्दा हैदराबादले पाँचौं खेलबाट तेस्रो हार बेहोरेको छ।

अर्का ओपनर जोनी बेयस्र्टोले २५ रन बनाउँदै आक्रामक सुरुआत गरेका थिए। उनले १५ बलमा समान दुई चौका र छक्का प्रहार गरे। मुम्बईका बलर ट्रेन्ट बोल्टले बेयस्र्टाेलाई हार्दिक पाड्याबाट क्याच आउट गराउँदै आफ्नो टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए। त्यसपछि ब्याटिङमा आएका मनीष पाण्डेले १९ बलमा ३० रन बटुल्दै हैदराबादको आक्रामक शैलीलाई निरन्तरता दिए। यद्यपि, जेम्स प्याटिन्सले त्यो साझेदारी तोडेसँगै हैदराबाद समालिनै सकेन। मध्यक्रमका ब्याट्सम्यान लगातार पवेलियन फर्केपछि हैदराबादले तेस्रो हार बेहो¥यो। मुम्बईका बलर प्याटिसन, जसप्रीत बुमराह र बोल्टले समान दुई विकेट तथा क्रुनाल पाण्ड्याले एक विकेट लिएका थिए।

त्यसअघि ब्याटिङ गरेको मुम्बईले क्विटन डी ककको अर्धशतक प्रेरणाबाट निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ८ रनको विशाल योगफल तयार पारेको थियो।  डी ककले ३९ बलमा ६७ रन बटुल्दा समान ४ चौका र छक्का हिर्काएका थिए। पहिलो ओभरको अन्तिम बलमा कप्तान शर्मा ६ रनमा आउट भएपछि डी ककले इनिङ समाल्दै मुम्बईको बलियो आधारस्तम्भ तय गरे। त्यसपछि ब्याट्सम्यान सूर्यकुमार यादवले २७ रन, ईशान किसन ३१ रन, हार्दिकले २८ र पोलार्डले नटआउट २५ रन बनाएका थिए।  हार्दिक आउट भएपछि ब्याटिङ गर्न आएका क्रुनालले चार बलमा समान २÷२ चौका र छक्कासहित २० रन बनाउँदा मुम्बईले विशाल योगफल तयार पारेको थियो, जुन हैदराबादले पूरा गर्न सकेन। हैदराबादका सन्दीप शर्मा र सिद्धार्थ कौलले समान दुई विकेट लिँदा रासिद खानले एक विकेट दिलाए। (एजेन्सी)

प्रकाशित: १९ आश्विन २०७७ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App