coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्यानले वर्गीकरण सच्याउने

असोज ६ गते चितवनमा बसेको बोर्ड बैठकबाट पारित भएको निर्णयमा चौतर्फी आलोचना भएपछि क्यानले बिहीबार विज्ञप्ति जारी गरेर खेलाडीले दिएको निवेदनअनुरूप वर्गीकरण पुनरवलोकन गर्ने जनाएको हो। वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान र प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेस गर्न निर्देशन दिएको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला खेलाडीको करार वर्गीकरण पुनरवलोकन गर्ने भएको छ।  

बोर्ड बैठकबाट क्यानले १८ पुरुष र  १९ महिला खेलाडीलाई विभिन्न तीन श्रेणीमा वर्गीकरण गरेको थियो। जसमा महिला खेलाडी पहिलो पटक केन्द्रीय करारमा राखिएको छ। विभिन्न श्रेणीमा वर्गीकरण गरेकोमा केही महत्वपूर्ण खेलाडीको नाम छुटेको भन्दै क्यानले परिमार्जन गर्ने जारी विज्ञप्तिमा जनाएको छ । क्यानका कोषाध्यक्ष समेत रहेका वर्गीकरण समितिका संयोजक रोशनकुमार सिंहले खेलाडीका जायज मागलाई सम्बोधन गर्ने जिम्मेवारीअनुरूप वर्गीकरणमा पुनरवलोकन गर्न लागिएको स्पष्ट पारे।  

‘खेलाडी र मिडियाले वर्गीकरणमा केही त्रुटि भएको आवाज उठाएका थिए। त्यसपछि अध्यक्षले समितिलाई खेलाडी र प्रशिक्षकसँग छलफल गर्न दिएको निर्देशनअनुसार पुनरवलोकन गर्न लागिएको हो,’ कोषाध्यक्ष सिंहले भने, ‘हामी अभिभावक संस्था हौं। खेलाडीको जायज मागलाई सम्बोधन गर्नुपर्छ, सोहीअनुरूप वर्गीकरणमा पुनरवलोकन हुन्छ।’

क्यानले वर्गीकरण जारी गरेपछि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले पनि निर्णय पुनर्विचार गर्न आग्रह गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ध्यानाकर्षण पत्र बुझाएको थियो।

प्रकाशित: १६ आश्विन २०७७ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App