८ वैशाख २०८१ शनिबार
खेल

विदेशी फुटबलरलाई खाद्यान्न

गसिप क्विन नेपालले घरेलु लिग फुटबलमा विभिन्न क्लबबाट खेल्दै आएका विदेशी फुटबलरलाई खाद्यान्न सामग्री प्रदान गरेको छ। अनलाइन सपिङ स्टोरसमेत रहेको गसिफ क्विनले महामारीका कारण आर्थिक समस्यामा परेका २८ विदेशी फुटबलरलाई खाद्यान्न सामग्री प्रदान गरेको हो। गसिप नेपालका संस्थापक मेजन नाम्दुङ्ग राईले २८ फुटबलरलाई एक महिनाका लागि पुग्ने खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री प्रदान गरिएको जानकारी दिए। खेलाडीलाई आवश्यक परेमा थप ५ महिनासम्म खाद्यान्न सामग्री प्रदान गरिने राईको भनाइ छ। नेपालमा कोरोना महामारी पैmलिएसँगै करिब ६÷७ महिना खेलकुद गतिविधि ठप्प छन्।  

यसबीच विभिन्न क्लबमा आबद्ध रहेका विशेषतः अफ्रिकन मूलका फुटबलरको क्लबसँगको सम्झौता सकिएपछि उनीहरू आर्थिक समस्यामा परेका हुन्। महामारीका कारण लामो समयदेखि फुटबल गतिविधि हुन सकेका छैनन्। सोही अवस्थामा विदेशी खेलाडी तथा प्रशिक्षक आर्थिक रूपमा समस्यामा परेका हुन्। यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र केही व्यक्तिले पनि विदेशी फुटबलरलाई खाद्यान्न प्रदान गरेका थिए, त्यसमा गसिप नेपाल पनि थपिएको छ। गसिप नेपालका राईले फुटबल गतिविधि नभएको र क्लबसँग पनि सम्झौता सकिएकाले विदेशी फुटबलर समस्यामा परेको समाचार सुनेपछि उनीहरूलाई खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री प्रदान गरिएको जानकारी दिए।  

एन्फाले पनि कोरोना भाइरसको महामारीबाट घरेलु फुटबल अवरुद्ध बनेपछि बेरोजगार २८ विदेशी फुटबलर र प्रशिक्षकलाई दैनिक उपभोग्य वस्तु वितरण गरेको थियो।

प्रकाशित: १५ आश्विन २०७७ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App