coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विराटको संघर्ष जारी

रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो तेस्रो खेलमा सोमबार पनि ब्याटिङमा संघर्ष गर्नुपरेको छ।

साबिकको विजेता मुम्बई इन्डियनसँग सोमबार भएको खेलमा पनि ३ रनमा आउट भएपछि बेंगलोरका कप्तान कोहली लगातार तेस्रो खेलमा ब्याटिङमा असफल भए। उनले जारी आइपिएलमा तीन इनिङबाट २० रन पनि पार गर्न सकेका छैनन्। सनराइजर्स हैदराबादसँग १४ रनको दोहोरो आँकडा पार गरेका कोहलीले त्यसपछि किङ्स इलेभेन पन्जाबसँग १ रन र मुम्बईसँग ३ रनमै आउट भएका थिए। आइपिएलमा असफल फ्रेन्चाइज टोली बैंगलोरका कप्तान कोहलीले ब्याटिङतर्पm पनि यस सिजन खराब लय जारी राखेका छन्। यस सिजन खराब लयका कारण टोलीसँगै विराट पनि निकै चिन्तित छन्।  

मुम्बईमाथि सुपर ओभरमार्पmत जित निकालेको बैंगलौरका कप्तान कोहली राहुल चाहरको बलमा आउट भएका थिए। पहिले ब्याटिङ गरेको बैंगलोरका तीन ब्याट्सम्यान देवदूत पडिक्कल, आरोन फिन्च र एभी डी भिलियर्सले अर्धशतक पूरा गर्दा मुम्बईसामु दुई सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफमा निकै खराब सुरुआत गरेको मुम्बई ईशान किसन र कैरन पोलार्डको १ सय १९ रनको साझेदारीबाट जितनजिक पुगे पनि खेल टाई भएको थियो। किसनले ५८ बलमा ९९ रन र पोलार्डले २४ बलमा अविजित ६० रनको आक्रामक इनिङ बनाए पनि मुम्बईलाई जित दिलाउन सकेनन्।

विश्व क्रिकेटकै सर्वाधिक लोेकप्रिय व्यावसायिक लिगमा फ्रेन्चाइज टोलीले रनको वर्षा गरे पनि कोहलीको ब्याटिङ भने शान्त नै छ। अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक, शतक र रेकर्ड बनाउन माहिर कोहलीले गत र यस सिजनको आइपिएलमा गरेर कुल १४ इनिङसम्म अर्धशतक बनाउन असमर्थ छन्।

विश्व क्रिकेटकै सर्वाधिक लोेकप्रिय व्यावसायिक लिगमा फ्रेन्चाइज टोलीले रनको वर्षा गरे पनि कोहलीको ब्याटिङ भने शान्त नै छ। अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक, शतक र रेकर्ड बनाउन माहिर कोहलीले गत र यस सिजनको आइपिएलमा गरेर कुल १४ इनिङसम्म अर्धशतक बनाउन सकेका छैनन्। कोरोना भाइरसका कारण दुबईमा भएको यस सिजनमा विराटले कुल २९ बल खेल्दा १८ रनमा एउटा पनि बाउन्ड्री प्रहार गर्न सकेका छैनन्। मुम्बई र बंैगलोरबीचको खेलमा छक्काको वर्षा हुँदा कुल २६ छक्का प्रहार भएको थियो, जसमा कोहलीले एक पनि बाउन्ड्री प्रहार गर्न सकेनन्। यस आइपिएलमा १७ करोड भारुका विराट लगातार फ्लप ब्याट्सम्यान साबित भइरहेका छन्।  

लगातार असफल भएपछि क्रिकेट समर्थकले विराटको निकै आलोचना गरिरहे पनि इङ्ल्यान्डका पूर्वक्रिकेटर केभिन पिटनरसनले भने उनको बचाउ गरेका छन्। ‘असफलता कुनै पनि खेलाडीमा हुने सामान्य पाटो हो। मैले पनि कयौं पटक त्यो भोगेको छु, अझ खेलको सुरुआती चरणमा त धेरै नै भोगें। त्यसैले विराटबारे धेरै आलोचना आवश्यक छैन,’ पिटरसनले भने, ‘जब उनी फर्ममा आउँछन्, त्यससमय मैदानभर उनको उत्साहपूर्ण खेल हुन्छ।’ बैंगलोरका विराटले मुम्बईसँग सुपर ओभरमार्फत  जित निकाल्दै आफ्नो टोलीलाई यस सिजन दोस्रो सफलता दिलाए पनि आफ्ना समर्थकको भने अझै मन जित्न सकिरहेका छैनन्। 

प्रकाशित: १४ आश्विन २०७७ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App