coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

प्लिसकोभा दोस्रो चरणमा

विश्व नम्बर दुई क्यारोलिना प्लिसकोभाले इजिप्टकी मायर सेरिफको ग्रान्ड स्लाम यादगार बनाउने योजना समाप्त पार्दै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छन्।

पहिलो पटक फ्रेन्च ओपन खेल्ने इजिप्सियन महिला खेलाडी मायरलाई मंगलबार स्तब्ध बनाउँदै प्लिसकोभाले दोस्रो चरणमा पूर्वच्याम्पियन जेलिना ओस्टापेन्कासँगको भेट पक्का गरेकी हुन्। सन् २०१७ को फ्रेन्च ओपनमा सेमिफाइनलिस्ट प्लिसकोभाले विश्वको १ सय ७२औं वरीयताकी सेरिफसँगको पहिलो सेट ७–६ (११–९)ले गुमाएकी थिइन्। त्यससँगै कुनै पनि ग्रान्ड स्लाम खेल्ने पहिलो इजिप्सियन महिला खेलाडी सेरिफले अविश्वसनीय अग्रता लिइन्। तथापि, अनुभवी चेक रिपब्लिककी प्लिसकोभाले सानदार पुनरागमन गर्न सफल भइन्। उनले त्यसपछिका सेटमा ६–२ र ६–४ ले आफ्नो बनाउँदै पहिलो ग्रान्ड स्लाम खेल्ने इजिप्सियन महिला मायरको यात्रा टुंग्याइदिन्।

लाट्भियाकी ओस्टापेन्काले अमेरिकाकी म्याडिसन बे्रन्गेललाई ६–२ र ६–१ ले पराजित गरिन्। विश्व नम्बर ४३ की ओस्टापेन्काले सन् २०१७ पछि पहिलो पटक फ्रेन्च ओपन खेलेकी हुन्। ओस्टापेन्काले आफू छिट्टै विश्व नम्बर १० भित्र फर्कने विश्वास व्यक्त गरेकी छन्। उनी सन् २०१७ को सेमिफाइनलमा सिमोना हालेफसँग स्तब्ध हुँदै बाहिरिएकी थिइन्। ‘निकै कठिन समयपछि आज जित निकालेको छु। यसबीच मैले धेरै दबाब बेहोरेको थिएँ,’ प्लिसकोभाले भनिन्,‘पछिल्ला वर्षभन्दा निकै राम्रो अनुभूति भइरहेको छ। यसबीच धेरै अभ्यास गरेँ। यो मैदानका लागि लामो समय प्रतीक्षा गरेको थिएँ, आज सम्भव भयो। आजको प्रदर्शनबाट पनि सन्तुष्ट छु।’ 

प्रकाशित: १४ आश्विन २०७७ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App